logo
  • आइतबार, असोज ११ २०८३

विद्युतिय सफ्टवेयर प्रयोग सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कृष्ण भट्टराई,गुल्मी पुष २५ ।

सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घ नेपाल र giz को सहयोग तथा बडागांउ सामुदायिक ग्रामीण विद्युत उपभोक्ता समुहको समन्वयमा विद्युतिय सफ्टवेयर प्रयोग सम्बन्धि १ हप्ते प्रशिक्षण कार्यक्रमको समापन गरिएको छ ।साबिकको बडागांउ गा.बि.स .हालको मुसिकोट नगरपालिकाका ३ र ४ वार्ड मा पर्दछ। ३ र ४ वार्ड्मा बसोबास गर्ने स्थानिय नागरिकले बडागांउ सामुदायिक विद्युत उपभोग गर्दै आइरहेका छ्न । धेरै उपभोक्ता र भौगोलिक बनावट फरक फरक भएको क्षेत्रमा सफ्टवेयर जडान र प्रयोग हुनुले कार्यालयका काम छिटो ,छरितो र सहज हुने बडागांउ सामुदायिक ग्रामीण विद्युत कार्यालयका प्राबिधिक केशर बहादुर पेमि मगरले बताउनु भयो । प्रशिक्षण अवधिमा सफ्ट ल्याब इङ्क प्रा.लि.का प्रशिक्षक डेनि न्यौपानेले कार्यालयमा जडित विद्युतिय ओहम (ohm) सफ्टवेयर प्रयोग गर्ने तरिका सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।

कार्यालयमा सफ्टवेयर जडान पश्चात् कार्यालयको अकाउन्ट ब्यबस्थापन ,रिडिङ्ग लगाएतमा प्राबिधिक हरुले भोगेका कठिनाइ हट्नुका साथै कार्यालयका सेवा सुबिधा पारदर्शी हुने हुनाले सुशासनको पक्ष पनि मजबुत बन्ने बडागांउ सामुदायिक ग्रामीण विद्युत उपभोक्ता समुहका अध्यक्ष हरि प्रसाद छन्तेलले जानकारी दिनुभयो । प्रशिक्षण कार्यक्रमको समापन समारोह बडागांउ सामुदायिक ग्रामीण विद्युत उपभोक्ता समुहका अध्यक्ष हरि प्रसाद छन्तेलको अध्यक्षता प्रमुख प्रशिक्षक डेनि न्यौपानेको प्रमुख आतिथ्यता तथा कार्यालयका ब्यबस्थापक बिष्णु बहादुर कार्किको सन्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend