logo
  • आइतबार, असोज ११ २०८३

पार्टीको बिश्वास र मतदाताको माया सम्झेर उम्मेद्बारी दिए : राष्ट्रिय सभाका उमेदवार सुनार


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल,गुल्मी पुष २५ ।

राष्ट्रिय सभा निर्वाचनका उमेदवार कृष्ण सुनारले बिजयी बनाउन सबै मतदातालाई अपिल गरेका छन । तम्घासमा पत्रकार भेटघाट मार्फत सुनारले दलित समुदायको मुद्दालाई स्थापित गराउने र नागरिकको जनजिबिकाको स्थितिमा सुधार ल्याउनका लागि सहयोग गर्न मतदातालाई अपिल गरे ।उनले गठबन्धनका कारण परिणाममा जोखिम देख्दा पनि पार्टीको बिश्वास र मतदाताको सहयोग सम्झेर उम्मेद्बारी दिएको बताए । उनले अहिलेको स्थितिमा केही मत कम भएपनी मतदाताको माया र बिश्वासले बिजयी हुने दाबी गरे । आफुलाइ मतदान गर्न लुम्बिनी प्रदेशका प्रदेश सभाका सदस्य, समन्वय समितीका प्रमुख/उपप्रमुख र पालिकाका प्रमुख/उपप्रमुखलाई आग्रह गरे ।

व्यत्तिगत जीवन सधै राजनीति र समाजसेवामा समर्पित गरेको अवस्थामा जातिय हिसाबले दलित र जातीय छुवाछूतको न्यूनीकरण र नागरिक भएर बाच्ने अवस्था शृजना गर्न आग्रह आफुले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने सुनारले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend