logo
  • आइतबार, असोज ११ २०८३

गुल्मी आयुर्वेद केन्द्रको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री,गुल्मी पुष २४ ।

गुल्मी आयुर्वेद केन्द्रले जनप्रतिनिधि सहितको सहभागितामा समन्वयात्मक वार्षिक समिक्षा गोष्ठि सम्पन्न गरेको छ । शनिवार गुल्मी आयुर्वेद केन्द्रले जिल्ला सदरमुकाम तम्घासमा जनप्रतिनिधि सहितको सहभागितामा समन्वयात्मक वार्षिक समिक्षा गोष्ठि आ.व.२०७७÷०७८ कार्याक्रम गरेको हो ।गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र जिल्लाभरका आयुर्वेद संस्थाका बिभिन्न सेवा केन्द्रका प्रमुखहरुको सहभागितामा कार्याक्रम गरिएको गुल्मी आयुर्वेद केन्द्रका सुचना अधिकारी चन्द्रप्रसाद भुसालले बताए । आर्युेवेदका सेवा केन्द्र प्रमुखहरुले आफ्नो कार्यालयको आ.व.२०७७÷०७८ मा भए गरेका कार्यको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत गरिएका वार्षिक क्रियाकलापमा उपस्थिीत जनप्रतिनधीले केही जिज्ञासा राखेका थिए । जिल्ला समन्वय समिती, गुल्मीका उपप्रमुख तुल्सीकुमारी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्याक्रममा जिल्ला आयुर्वेद अस्पताल विकास समितीका अध्यक्ष गोविन्द गौतमको अध्यक्षतामा कार्याक्रम सम्पन्न भएको हो ।

गुल्मी आयुर्वेद केन्द्रका सुचना अधिकारी भुसालको स्वागत रहेको कार्यक्रमको सहजीकरण कार्यालय प्रमुख माधव प्रसाद बस्यालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend