साझा नेटवर्क
कृष्ण भट्टराई,गुल्मी पुष २४ ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड मुसिकोट नगरपालिका -३ बडागांउ गुल्मीको १६ औ साधारण सभा पृथ्वी माध्यमिक बिद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ ।
२०४५ सालमा स्थापना भएको साना किसान बिकास आयोजना बडागांउलाइ संस्थागत बिकासका विभिन्न चरणहरु पार गराउदै २०६१ साल माघ १९ गते डिभिजन सहकारी कार्यालय पाल्पामा साना किसान कृषि सहकारी संस्था लिमिटेड्को नाममा दर्ता गरिएको थियो । दर्ता पश्चात् संस्थाको सम्पुर्ण ब्यबस्थापनको जिम्मा लिइ स्वामित्व हस्तान्तरण गरि साविकको बडागांउ गा बि स मा कार्यक्रम सन्चालनको सुरुवात गरिएको थियो । हाल मुसिकोट नगरपालिका वार्ड नं २,३ र ४ मा विभिन्न समूह तथा अन्तर समुहका गरि कुल १२३४ सदस्य रहेका छन । जसमा महिला सदस्य ८२२ र पुरुष सदस्य ४१२ रहेका छ्न ।
१६ औ साधारण सभामा मुसिकोट नगरपालिका प्रमुख प्रशाशकिय अधिकृत खिमानन्द भुसाल, राजनैतिक दलको प्रतिनिको तर्फबाट नेपाली काङ्ग्रेस मुसिकोट नगर सभापति मोहन घिमिरे साना किसान सहकारी संस्था बिकास लघुबित्त बित्तीय संस्था इलाका कार्यालय बुटवलका इलाका प्रबन्धक गणेश प्रसाद भट्टराई ,साना किसान सहकारी संस्था लि.मधौलियाका वरिष्ठ प्रबन्धक नारायण प्रसाद अर्याल ,साना किसान कृषि सहकारी संस्था लि.आनन्दवनका प्रबन्धक चन्द्रमणी न्यौपाने ,वडाध्यक्षको तर्फ बाट वार्ड नं २ का वडाध्यक्ष लक्ष्मण खत्री ,पुरुष सेयर सदस्य इश्वरी प्रसाद आचार्य ,महिला सेयर सदस्य सीता सिंह लगाएत ले शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष मधु मल्लको स्वागत मन्तव्य रहेको कार्यक्रममा मुसिकोट नगरपालिका भित्रका २,३ र ४ वडाका विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनीतिक दल,बुद्धिजीवी ,समाजसेवी ,पत्रकार लगाएत संस्थाका सेयर सदस्यहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा प्रमुख अतिथी प्रमुख प्रशाशकिय अधिकृत खिमानन्द भुसालले सहकारिको सिद्धान्त सङ्गै उत्पादनमुलक क्षेत्रमा नलागे सम्म बचत र ऋण लगानिले मात्र आर्थिक परिवर्तन नहुने र भोलि हुने कार्यक्रमबारे आजैदेखि रणनितिक योजना बनाएर जान सकेमा मात्र सहकारी आन्दोलन सफल हुने बताउनुभयो।साधारण सभाले ७० बर्ष पुगेका सेयर सदस्यहरुलाइ नगद सहित दोसल्ला ओढाएर सम्मान पुर्वक संस्थाबाट औपचारिक बिदाइ गरेको छ।
यस्तै संस्थाका उत्कृष्ट कृषक,पशुपालक ,उत्कृष्ट ऋणि लगाएतलाइ प्रशंसा पत्र र खादा ओढाएर सम्मान गरेको छ।संस्थालाई कृषि उत्पादन र उत्पादकत्व सङ्गै जोड्दै किसानले उत्पादन गरेका कृषि उपज सामग्रीको बजार सुनिस्चितताको लागि गत आर्थिक बर्षमा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना ,परियोजना कार्यान्वयन इकाई गुल्मी ,मुसिकोट नगरपालिका र संस्थाको लागत साझेदारीमा करिव ६० लाख लागतमा जिल्ला स्तरकै बीउ स्रोत केन्द्रको स्थापना गरिएको र बीउ स्रोत केन्द्रले नगरपालिका भित्रका कृषकलाइ बीउ उत्पादनमा प्रोत्साहित गरि बीउ आयातलाई कम गर्ने र यस क्षेत्रलाई बीउ उत्पादनमा आत्मनिर्भर गराउने संस्थाका अध्यक्ष हरि प्रसाद छन्तेलले जानकारी दिनुभयो।तेसै गरि कृषि ज्ञान् केन्द्र गुल्मी र संस्थाको लागत साझेदारीमा करिब ४३ लाख लागतमा रेशम खेती अन्तरगत किम्बु घाँस प्रबर्द्धन कार्यक्रम सप्पन्न गरिएको अध्यक्ष छन्तेलले बताउनुभयो ।
१६औ बार्षिक साधारण सभाले अध्यक्ष हरि प्रसाद छन्तेलले प्रस्तुत गर्नुभएको संस्थाको प्रगती लक्ष्य प्रतिबेदन र लेखा समिती संयोजक महेन्द्र घिमिरेले प्रस्तुत गर्नुभएको १४ करोड ९६ लाख ३९ हजार ९ सय ६ रुपैयाँ ३९ पैसा बराबरको आ.व.७७/७८ को आर्थिक प्रतिबेदन सर्वसम्मत रुपमा पारित गरेको छ।साधारण सभा कार्यक्रम साना किसान कृषि सहकारी संस्था लि.मुसिकोट ३ बडागांउका अध्यक्ष हरि प्रसाद छन्तेलको अध्यक्षता मुसिकोट नगरपालिका प्रमुख प्रशाशकिय अधिकृत खिमानन्द भुसालको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सन्चालन साना किसान कृषि सहकारी संस्था लि.का प्रबन्धक बिबेक पेमि मगरले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend