साझा नेटवर्क
सन्तोष महतारा,गुल्मी पुष २३ ।
नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सचिव गोकर्ण बिष्टले नेकपा माओवादी केन्द्र अस्थिर र अवसरवादी पार्टी भएको आरोप लगाएका छन् । नेकपा एमाले गुल्मीको ११ औं जिल्ला अधिवेशनलाई उद्घाटन शत्रमा सम्बोधन गर्दै प्रमुख अतिथि बिष्टले अस्थिरता चाहाने र अवसर खोजिरहने पार्टी माओवादी केन्द्र भएको आरोप लगाएका हुन् ।
नेकपा माओवादी केन्द्र देशको एकमात्र अस्थिर र अवसरवादी पार्टी हो । पूर्व मन्त्री बिष्टले भने, माओवादीको सिकेर सिधै कुर्सीमा जन्ममिएको पार्टी एकीकृत समाजवादी पार्टी हो, जसको धेरै चर्चा गर्नु जरुरी छैन । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी पदका लागि मात्र खोलिएको भन्दै कुर्सीमा जन्मिएको बिष्टले आरोप लगाएका हुन् ।
माओवादी र समाजवादीको साथले सरकार चलाइरहेको नेपाली काङ्ग्रेस प्रति लक्षित गर्दै बिले आर्थिक वर्षको ५ महिना वितिसक्दा पनि मात्र ७ प्रतिशत विकास बजेट खर्च गर्ने सरकारको कुनै आश गर्नु बेकार रहेको बताए । सरकार विस्तार गर्नको लागि ८८ दिन लगाएको प्रसङ्ग जोड्दै बिष्टले काङ्ग्रेस सरकारमा हुनु र यो देशमा सरकार नहुनु बराबर रहेको टिप्पणी गरे । कार्यक्रममा गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बिष्टले जनताको आवाजलाई प्रतिबिम्ब गर्ने संसद अबरुद्ध हुनुको प्रमुख कारण एमाले नभएर सभामुख भएको बताएका थिए । सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसक्दा संसद अबरुद्ध भएको उनको भनाइ रहेको छ ।
दुई छिमेकी ठूला शक्ति राष्ट्र भारत र चिनको बिचमा रहेको नेपालले उनीहरूसँग प्रतिषपर्भा गर्न नसकेको भन्दै नेपालमा अर्थतन्त्रको मुख्य आधार कृषि भएपनि वर्तमान सरकारले कृषकको जीवनमा कुनै रुपान्तरण गर्न नसकेको बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी गुल्मीको उद्घाटन शत्र समाप्ति पछि बन्द शत्रका कार्यक्रम हुने छन् । जिल्ला अध्यक्षमा बालसिंह काउछा निर्वाचित हुने निश्चित जस्तै बनेको बताइएको छ । अन्य पदाधिकारीमा भने आकांक्षी धेरै रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend