साझा नेटवर्क
शिव सुवेदी,सुर्खेत पुस २२ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण गरिएको सुर्खेत सभाहलको उद्घाटन तथा हस्तान्तरण गरिएको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बिहीवार एक कार्यक्रमका बीच भवनको उद्घाटन गर्दै नगरपालिकालाई हस्तान्तरण गर्नुभएकाे हाे ।
भवन शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वय इकाई सुर्खेतले निर्माण गरेको हो । आयोजनाले भवन निर्माणसहित, सरकारी भवन निर्माण कार्यक्रम अन्तर्गत सुर्खेत सभाहल (प्रथम चरण) को कार्य सम्पन्न गरेको छ। वीरेन्द्रनगर नगरपालिका ६ मा रहेको उक्त सभाहल २५ हजार २८९ दशमलव १६ वर्गमिटर क्षेत्रफल अर्थात ५० रोपनी जमिनमा निर्माण गरिएको छ। सभाहल निर्माणका लागि आर्थिक वर्ष २०७३/०७४ मा राष्ट्रिय भवन संहिता २०६० को मापदण्ड अनुसार आर सीसी फार्म स्ट्रक्च्युरल भिजन हल’ भवनको डिजाईन भएको हो । यो भवनका लागि २६ करोड ९१ लाख ९५ हजार २६४ रुपैयाँ बराबरको लागत विनियोजन गरिएको थियो । भवन निर्माणको जिम्मा पाएको श्री समनान्तर–चक्रेश्वरी शिवशक्ति जेभि काठमाण्डौंले पाएको थियो ।
सभाहल आर्थिक बर्ष ०७३ चैत्र २७ गते सम्झौता भई ०७६ चैत्र २३ गते सम्पन्न गर्ने भनिएको थियो । तर सम्झौता अवधिमा निर्माण कम्पनीले काम सम्पन्न गर्न सकेको थिएन। बीचमा कोरोना भाइरसका कारण काम प्रभावित भएको संघीय आयोजना कार्यान्वयन इकाईका आयोजना प्रमुख अमरबहादुर थापले बताउनुभयाे । त्यसपछि ०७८ भदौ २३ गते सम्म म्याद थपिएको र सोही अवधिमा सभाहल (प्रथम चरण) को कार्य सम्पन्न भएको हो । निर्माण सम्पन्न सभाहलको कुल एरिया ३ दशमलव १९२ वर्गमिटर र टोटल फ्लोर एरिचा ७ दशमलव ४२९ वर्ममिटरमा रहेको छ। चार सय पेरिमिटर बराबरको कम्पाउण्ड वाल निर्माण गरिएको छ भने एक मुख्य प्रवेशद्धार र दुई वटा सहायक प्रवेशद्धार निर्माण गरिएको छ। यस्तै, सभाहल ४ वटा ब्लग मिलि बनेको छ ।
ब्लग एकमा मल्टि प्रपोज हल तीन वटा रहेका छन् । जसमा पहिलो मल्टिप्रपोज हलमा १५० सिट क्षमता, दोस्रो मल्टिप्रपोज हलमा एक सय सिट क्षमता र तेस्रोमा ५० सिट क्षमता रहेका छन् । साथै पहिलो ब्लगमा ग्यालरी तथा महिला पुरुष ट्वाईलेट जस्ता संरचनाहरु रहेका छन् । ब्लग दुईमा सिनेरी स्टोरेज रुम, जन्रल स्टोरेज रुम, पहिलो तलामा महिला पुरुष रिहर्शल रुम, ड्रेशिङ् रुम, पुरुष महिला शौचालय रहेको छ भने दोस्रो तलामा रिहर्शल रुम र शौचालय रहेको छ। ब्लग तीनमा भिआईपी रुम, प्रेस रुम, ओइटिङ रुम र पुरुष महिला शौचालय छ भने पहिलो तलामा प्रशासनिक कक्ष, पुरुष महिला ट्वाईलेट रहेको छ । जसमा सेन्सर सहितको युरिनल जडान गरिएको छ। ब्लग चारमा सभाहलको मुख्य संरचना हो । जसमा भुईतला र बाल्कोनी गरी जम्मा ७८० सिट क्षमताको हल रहेको उहाँले बताउनुभयाे ।
जसमा मेन स्टेजसँगै डान्स सर्फेस र हाउस कर्टेनको व्यवस्था गरिएको छ भने सर्भीस कोरिडर, ग्यालरी सहित फुल्लि एचभिएसी सिस्टम र फायर फ्राईटनिङ् सिस्टमको व्यवस्था गरिएको छ । क्यान्टिनको लागि पनि छुट्टै व्यवस्थापन गरिएको छ भने सौन्दर्यका लागि दुबो र विरुवाहरु रोपिएको छ। भवनका सम्पुर्ण ब्लगहरुमा आधुनिक प्रकारका बत्ति जडान गरिएका छन् । चट्याङ्बाट बचाउनका लागि लाईटिङ एरेस्टर समेत जडान गरिएको छ। यस्तै मुख्य सभाहलको सबै लाईटिङ सिस्टमहरु कन्ट्रोल रुमबाट मात्र कन्ट्रोल गर्ने व्यवस्था गरिएको छ । खानेपानीको समुचित प्रबन्ध मिलाईएको छ । करिब एक सय मिटर गहिरो डिप बोरिङ्बाट पानी निकालिएको छ ।
पानी प्रशोधन केन्द्र पनि जडान गरिएको छ। यस्तै १ लाख लिटरको आरसीसी रिजर्भीयर ट्याङ्की निर्माण गरिएको छ भने ओभर हेड स्टोरेज ट्याङकी ५० हजार लिटर रहेको छ। यस्तै, सभाहल परिसरमा ११० वटा सवारी पार्किङ्ग गर्न सकिने व्यवस्था गरिएको छ भने दुई पाङ्ग्रे सवारी पार्किङको व्यवस्था गरिएको छ। सभाहलको पूर्व पट्टीको भागलाई व्यापारी प्रयोजनका लागि खाली छाेडिएको छ । यसबाट सभाहल सञ्चालनको लागि भविष्यमा आयआर्जन गर्न सकिने बताइएको छ । सभाहलको निर्माणबाट कर्णााली प्रदेश तथा सुर्खेत उपत्यकामा हुने सामाजिक, धार्मिक, आर्थिक एवम राजनीतिक सम्बन्धी सेमिनार गोष्टि तथा सम्मेलनको लागि प्रदान गरिएको छ । जसले गर्दा सुर्खेत उपत्यकाको गरिमा बढाएको छ ।
कार्यक्रममा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यति ठूलो लगानीमा निर्माण गरिएको सभाहलको पहिलो चरण्को काम सकिएकोमा धन्यवाद दिनुभयाे । उहाँले यो हल नगरपालिकालाई हस्तान्तरण गरेर दायित्वबाट पन्छिन भने नखोजिएको बताउनुभयाे । साथै उहाँले हलले विजनेश गर्ने र यहाँ कार्यरत कर्मचारी पालिनसक्ने गरी काम गरिनुपर्ने बताउनुभयाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend