साझा नेटवर्क
गुल्मी पुस, २२ । नेकपा एमाले गुल्मीको अधिवेशन नजिकिएसँगै नयाँ नेतृत्व चयनको चर्चा हुन थालेको छ । २३ पुसमा हुन लागेको एमाले गुल्मी ११ औं जिल्ला अधिवेशनमा नेतृत्व चयनको चर्चासँगै तयारी पनि तीब्र गतिमा अगाडी बढेको छ ।अधिवेशनमा बालसिंह काउछा सर्बसम्मत अध्यक्ष बन्ने निश्चित जस्तै बनेको छ । काउछा अधिवेशनमा जिल्ला अध्यक्षमा एकल उम्मेदवार बन्ने सम्भावना निश्चित जस्तै बनेको हो ।

काउछा एमाले गुल्मीका उपाध्यक्ष हुन् । उनको अध्यक्ष पदमा स्वतः दाबी रहेको पनि रहेको छ ।तर अहिले उनको प्रतिस्पर्धामा कुनै उम्मेदवारको पनि चर्चा पनि नभएपछि सर्बसम्मत अध्यक्ष बन्ने निश्चित जस्तै बनेको हो । अधिवेशनको मिति नजिकिएसँगै नयाँ नेतृत्व चयनका लागि नेताहरु बीच छलफल पनि हुन थालेका छन् ।
अधिवेशनका लागि कुनै पनि नेता उम्मेदवारी दिने घोषणा गरेका भन्े छैनन् । हालका अध्यक्ष रहेका मधुकृष्ण पन्थ अध्यक्ष पदमा दोहोरीने मनसाय छैन् ।उनी छत्रकोट गाउँपालिका प्रमुख हुन् । पार्टीमा सिनियर नेतृत्व अधिकांशले अवसर पनि पाएका छन् । तर काउछा पार्टीबाट अहिलेसम्म कुनै अवसरमा पाएका छैनन् ।
हालका अध्यक्ष पदमा दाबेदार रहेका बालसिंह काउछा एमालेको गुल्मीको एउटा खम्बा हुन् । पार्टीमा विभिन्न भूमिकामा रहेर काम गर्दै आएका काउछा संगठन निर्माणमा महत्वपूर्ण भुमिका रहेको छ ।युवा संघको राजनितिबाट पार्टीमा काम गर्दै आएका काउछा संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । बोलीले भन्दा काम र व्यवहारले केहि गरेर देखाउनु पर्छ भन्ने मानसिकता बोेकेका काउछालाई यसपटक सर्बसम्मत अध्यक्ष बनाउनु पर्छ भन्ने कार्यकर्ता तहबाटै चर्चा रहेको छ ।
जिल्ला अध्यक्ष बाहेक अन्य पदमा भने केहि आकांक्षीले रुची देखाएका छन् । ती पदहरुमा पनि सर्बसम्मत नेतृत्व चयन हुनसक्ने सम्भावना पनि उत्तिकै रहेको छ ।
अहिले अधिवेशनको तयारीका लागि अन्तिम चरणका कामहरु तिब्र पारिएको छ । जिल्ला सदरमुकाम तम्घासमा हुने अधिवेशनको तयारीका लागि ९ वटा उपसमिति बनाएर तयारीको कामलाई अन्तिम चरण पु¥याइएको छ ।
अधिवेशनमा जिल्लाभरबाट करिब ७ सय प्रतिनिधी सहभागि हुने भएका छन् । जसमध्ये भूगोलबाट ४सय ९८ जना बाँकी प्रतिनिधी आयोजक र भातृ संगठनबाट प्रतिनिधी बनेका हुन् ।अधिवेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ । जसमध्ये ५ जनाको पदाधिकारी हुनेछ ।
जिल्ला कमिटीको संख्या मध्ये ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित हुनेछन् । नेकपा एमाले गुल्मीमा १० हजार १८४ जना संगठीत सदस्य रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend