साझा नेटवर्क
अनिल खत्री
२२ पुस, गुल्मी । नेकपा एमाले गुल्मीको ११ औं जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पुस २३ गते हुन लागेको नेकपा एमाले गुल्मीको ११ औं जिल्ला अधिवेशनको तयारीका लागि अन्तिम चरणका कामहरु तिब्र पारिएको नेकपा एमाले गुल्मीका सचिव एबं प्रचार प्रसार बिभाग प्रमुख धर्म विश्वकर्माले बताए ।
जिल्ला सदरमुकाम तम्घासमा हुने अधिवेशनको तयारीका लागि ९ वटा उपसमिति बनाएर तयारीको कामलाई अन्तिम चरण पु¥याइएको विश्वकर्माले बताए । अधिवेशनमा जिल्लाभरबाट करिब ७ सय प्रतिनिधि सहभागी हुने भएका छन् ।
जसमध्ये भूगोलबाट ४सय ९८ जना बाँकी प्रतिनिधी आयोजक र भातृ संगठनबाट प्रतिनिधी बनेका हुन् । अधिबेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ ।जसमध्ये ५ जनाको पदाधिकारी हुनेछ । जिल्ला कमिटीको संख्या मध्ये ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित हुनेछन् ।
जिल्ला अधिबेशनमा नेकपा एमाले उपमहाचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण बिष्ट र केन्द्रिय सदस्यहरु, प्रदेशका नेताहरुको सहभागिता रहने विश्वकर्माले बताए । नेकपा एमाले गुल्मीमा १० हजार १८४ जना संगठीत सदस्य रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend