logo
  • आइतबार, असोज ११ २०८३

गोपाल गिरी पत्रकारिता पुरस्कारका लागि छनौट भएका नाम बदर गर्न माग


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

रंजित चौरसिया,पर्सा पुष २० ।

स्व. गोपाल गिरीको स्मृतिमा स्थापना भएको गोपाल गिरी कृयाशिल पत्रकारिता पुरस्कार वितरणका लागि छनौट भएको नाम प्रति बिमती जनाउँदै पर्साका चार पत्रकार सम्बद्द संगठनले निर्णय बदरको माग गरेको छन । प्रेस युनियन पर्सा,प्रेस सेण्टर पर्सा,समाजवादी प्रेस संगठन पर्सा तथा राष्ट्रिय दलित पत्रकार संघ पर्साले सयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै पत्रकार महासंघले गरेको निर्णय तत्काल सच्याउन माग गरेका हुन् ।पत्रकार महासंघको कार्यसमितिमा रहेका सदस्यहरुले बिरोध गरि रहदा समेत बहुमतको दम्भ देखाएर महासंघ जस्तो साझा संस्थालाई प्रेस चौतारीकरण गर्न खाजेको तथा महासंघले निर्माण गरेको बिभिन्न समिति तथा उपसमितिहरुमा समेत अल्पमतमा रहेका पत्रकारहरुलाई पाखा लगाउँदै पर्सेली पत्रकारहरुको मानमर्दन गर्न खाजेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाल पत्रकार महासंघ पर्साको पछिल्लो बैठकले गठन गरेका बिभिन्न समिति तथा उप–समितिहरुमा सबै आस्थाका पत्रकारहरुलाई समेटनु पर्नेमा त्यसो नगरिएकाले त्यो कदम सच्याउन बिज्ञप्ती मार्फत चार संगठनले जोडदार माग गरेको छ ।

त्यसै गरी पुरस्कार बितरणमा पनि मापदण्ड बनाई आवश्यक छलफल तथा छनौट समिति निर्माण गरी पुरानो निर्णयलाई बदर गरी पुनः नयाँ निर्णय गर्न समेत बिज्ञप्ती मार्फत माग गरिएको छ । प्रेस यूनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी,प्रेस सेण्टर पर्साका अध्यक्ष दिपक गौतम,समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल तथा राष्ट्रि दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवान द्वारा हस्ताक्षरित बिज्ञप्तीमा नेपाल पत्रकार महासंघ पर्साले बिधि पद्धती नअपनाए तथा मागहरु प्रति बेवास्ता गरे कडा प्रतिवादमा उत्रने चेतावनी समेत दिएको छ ।

नेपाल पत्रकार महासंघ पर्साको पछिल्लो बैठकले २०७७ र २०७८ सालको स्व. गोपाल गिरी कृयाशिल पत्रकारिता पुरस्कारको लागि प्रेस चौतारीका प्रताप श्रेष्ठ र तुलसी भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend