साझा नेटवर्क
कृष्ण भट्टराई, गुल्मी पुस १९।
श्री पशुपति निम्नमाध्यमिक बिद्यालय मुसिकोट नगरपालिका -४ दजाकोट गुल्मिले बिद्यालयको दोस्रो अभिभावक दिवस मनाएको छ। २०१४ असोज २७ गते आधारभूत प्राथमिक बिद्यालयको रूपमा स्थापना भएको बिद्यालयले हालसम्म जम्मा २ पटक अभिभावक दिवस मनाएको छ।
असोज २७ मा बार्षिक उत्सव पर्ने र सोही महिनामा दशै-तिहार बिदा पर्ने भएकोले हालसम्म बिद्यालयको बार्षिक उत्सव मनाउन अनुकुल नपरेको बिद्यालयका भुपु प्रधानाध्यापक जुक्त बहादुर छन्तेलले जानकारी दिनुभयो ।
२०१४ सालमा बिद्यालयको स्थापना हुनु खुसिको कुरा भएपनी ६५ बर्षसम्म निम्नमाध्यमिक बिधालयमै सिमित हुनु बिडम्बनाको कुरा भएको छन्तेलले बताउनुभयो ।
अभिभावक दिवसमा बिद्यालयका तर्फबाट शिक्षिका सङ्गिता राकसकोटी र गिता भट्टराई तथा बिद्यार्थि गृष्मा पुन र झविकला थापा तथा सामुदायिक स्वास्थ्य इकाइ दजाकोटका थम्मन राकसकोटीद्वारा स्वागत गित प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा न्यु युनिक चिल्ड्रेन इङलिस बोर्डिङ स्कुलका भाइस प्रीन्सिपल दिपक पुन, बिद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटि र पुर्व प्रधानाध्यापक जुक्त बहादुर छन्तेलको शुभकामना मन्तव्य रहेको थियो।
साथै बिद्यार्थिको अन्तर सदनात्मक पि.टि. प्रदर्शन, सांस्कृतिक नृत्य अभिभावक स्तरीय तातो आलू जस्ता प्रतियोगितात्मक कार्यक्रम सन्चालन गरिएको थियो। २०७६ र ७७ का बार्षिक परिक्षामा प्रथम, द्वितीय, तृतीय तथा उक्त बर्षका सर्बोत्कृष्ट छात्र/छात्रालाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो।
स्वर्गीय शिक्षक यम प्रसाद छन्तेल स्मृति अक्षय कोष, दजाकोट भैलो समुह तथा सिङगापुर गोर्खा पुलिस मन्च दजाकोटद्वारा स्थापित अक्षयकोषको छात्रवृत्ति बितरण गरिएको थियो।
साथै यु डब्लु एस नेपालद्वारा उपलब्ध छुट स्कुल झोला कक्षा एकका बिद्यार्थिलाइ उपलब्ध गराइएको थियो।
यु डब्लु एस नेपालको आयोजनामा लकडाउनको समयमा घरैमा बसि सहभागी भएका विभिन्न प्रतियोगिताका उत्कृष्ट शिक्षक, बिद्यार्थि तथा सहभागीहरुलाइ पुरस्कार तथा प्रशंसा पत्र द्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा मुसिकोट ४ स्थित विभिन्न संघ संस्थाका प्रतिनिधि, शिक्षाप्रेमी, समाजसेवी लगाएतको उपस्थिति रहेको थियोे । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटीले बिद्यालयको बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रम शिक्षक अभिभावक संघ अध्यक्ष थमन बहादुर गाहा मगरको अध्यक्षता, वार्ड नं ४ का वडा सदस्य टीका गुरुङको प्रमुख आतिथ्यता बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष बालकृष्ण पुन, भुपु प्रधानाध्यापक जुक्त बहादुर छन्तेल र बिद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिको बिशेष आतिथ्यता तथा बिद्यालयका शिक्षक सोम बहादुर पेमि मगरको सन्चालानमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend