साझा नेटवर्क
साझा नेटवर्क,पाल्पा पुस १८ । बुटवलबाट शव लिएर गुल्मीकाे रिडी जाँदै गरेको बस पाल्पाकाे पाल्पा रिब्दिकोट २ लगुवामा दुर्घटनाग्रस्त भएकाे छ । लु२ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएकाे र ८ जना घाइते भएको हार्थोक प्रहरीले जनाएको छ।
अहिले घटनास्थलमा प्रहरी पुगेकाे छ । उद्धार कार्य जारी रहेकाे हार्थाेक प्रहरी चाैकीका असई बिष्णु रेग्मीले जानकारी दिएका छन । बसमा ३५ जना मलामी रहेको बताइएको छ । घाइतेहरूको पाल्पा मिसन अस्पताल र प्रभावसमा रहेको लुम्बिनी मेडिकल कलेजमा उपचार शुरू भएको छ ।
साे शव कहाँको र कस्को हाे भन्ने खुल्न सकेको छैन । मृतकको सनाखत हुन पनि बाँकी रहेको प्रहरीले जनाएको छ ।
‘बस सडकबाट २ सय मिटर तल खसेको छ, क्रेनको सहायताले मात्रै बसलाइ निकाल्न सकिन्छ,मैले सुनेको अनुसार शव अर्घाखाँचीतिरको हाे भनिएको छ ।’-घटनास्थलमै रहेका डिएसपी रामेश्वर त्वातीले जानकारी दिएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend