logo
  • शुक्रबार, असोज ९ २०८३

शिक्षा लगायत धुर्काेटकाे विकासमा सँगै छु : मन्त्री झाक्री


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी, पुस १७ ।
शहरी विकास मन्त्री रामकुमारी झाक्रीले शिक्षा लगायत धुर्काेटकाे विकासमा हातेमालो गर्ने वताएकी छिन । धुर माध्यमिक विद्यालय धुर्काेट गुल्मीकाे वार्षिकोत्सब समाराेह कार्यक्रममा मन्त्री झाक्रीले धुर्काेटकाे शिक्षाक्षेत्र लगायत अन्य विकासका काममा आफुले हातेमालो गर्ने वताईन । उनले नेपालकाे शिक्षा नितिलाई परिवर्तन गर्न आवश्यक रहेकाे मन्त्री झाक्रीकाे भनाइ छ ।
विद्यालयकाे सरंचना कस्ताे वनाउने भन्ने कुरा ठुलाे भएकाे वताउदै कक्षाकोठाकाे सिकाई, पढनपाठन कस्तो छ भन्ने कुरा महत्त्वपूर्ण भएकाे वताईन । विद्यार्थीहरुकाे भाेलीकाे शिक्षा कस्तो हुन्छ भन्ने कुराकाे ग्यारेन्टी कक्षाकाेठाकाे सिकाईले नै गर्ने भएकाले शिक्षकहरुले सिकाईमा विशेष ध्यान दिन पर्ने मन्त्रीकाे भनाई छ ।

सरकारी विद्यालयहरुमा देशभर नै शिक्षककाे दरवन्दी अभाव रहेकाे भन्दै यसकाे व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर सरकार गम्भीरतापूर्वक लागेकाे बताईन । अहिले म गर्न नसक्ने याेजना वाडदै हिडन चाहान्न मन्त्री झाक्रीले भनिन`हिजाे कसैले वाेलेर जनताहरुलाई झुक्याएर काम नभएको उदाहरण भएकाले म काम गरेपछि मात्रै वाेल्ने छु ।

यस विद्यालयकाे भाैतिक र शैक्षिक सुधारमा अवस्य मेराे भुमिका रहन्छ नै मन्त्रीको भनाइ छ । शहरी विकास मन्त्री रामकुमारी झाक्रीले धुर माध्यमिक विद्यालयमा नवनिर्मित ४ काेठे भवनकाे समेत शनिवार उद्घाटन गरेकी छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend