logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीका राजनीति दलसगँ शहरी विकास मन्त्री


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी, पुस १५ ।
शहरी विकास मन्त्री रामकुमारी झाक्रीले गुल्मी जिल्लाका राजनीति दलसगँ भेटघाट गर्नुभएकाे छ। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गुल्मीकाे पार्टी कार्यालय उद्घाटन लगायत जिल्लाको भ्रमणमा रहेकी मन्त्री झाक्रीले गुल्मी जिल्लामा क्रियाशील राजनीति दलका प्रमुख तथा प्रतिनिधिहरुसगँ विहिवार भेटघाट गर्नुभएकाे हाे ।
राजनीति दलका तर्फबाट गणेश खनाल,हरि न्याैपाने, घनश्याम पाण्डे,चन्द्र वहादुर महत,अखिलेश्वर पाण्डे,ठाकुर पाण्डे, अनिल कक्षपति, जिल्ला समन्वय समिति सदस्य राममल्ल ठकुरी लगायतका नेताहरुले वाेल्दै शहरी विकास मन्त्रालय लगायत अन्य मन्त्रालयवाट याेजनाहरु पर्ने तर समयमा सम्पन्न नहुने, वुटवल पाल्पा,तम्घास सडककाे अवस्था,रेसुङ्गा विमानस्थल, विभिन्न वस्तीहरुलाई नमुना वस्ती निर्माणा गर्नुपर्ने, सालझण्डी तम्घास सडक निर्माणकार्यलाई तिव्रता दिन आग्रह गरेका थिए ।

साथै उनीहरुले गुल्मेली चेली मन्त्री भएकाले जिल्लामा विकास निर्माण कार्यले गति लिने अपेक्षा समेत गर्नुभएकाे थियाे । राजनीति दलका नेताहरुले राखेका जिल्लाका समस्याकाे वारेमा वाेल्दै शहरी विकास मन्त्री रामकुमारी झाक्रीले आफ्नो मन्त्रालयवाट जिल्लामा हुने धेरै विकास निर्माणका कामहरु अगाडि वढेकाे वताउनुभयाे ।

राजनीति दलहरुका नेताहरूले राख्नुभएका सुझाव लगायत विकास निर्माणका याेजनाहरु अति सान्दर्भिक रहेका छन मन्त्रीले भन्नुभयाे` म जिल्लामा केही देखिने गरि काम गरेर देखाउने याेजनाका साथ लागेकी छु ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend