साझा नेटवर्क
कृष्ण बिसी, तानसेन पाल्पा भदौ २२।
गीतसंगीतलाई माया गर्ने उज्ल भविष्य खोज्ने र सिक्न चाहनेहरुका लागी पाल्पाको सदरमुकाम तानसेनमा आधुनिक सगिंत कला केन्द« खुलेको छ ।लोकदोहोरी गायक तथा सञ्चारकर्मी सुमन गैरले तानसेनको असनटोलमा सारेगम म्युजिक ट्रेनिङ्ग सेन्टर नामको संगीत केन्द« सञ्चालनमा ल्याउनुभएको हो ।
लोक तथा क्लासिकल गितको भोकल सिकाउने र सही मार्गनिर्देशन दिने उद्देश्यले सञ्चालनमा ल्याइएको ट्रेनिङ्ग सेन्टरका प्रबन्ध निर्देशक गैरले बताए । केन्द«कोमगंलबार पाल्पाका पुराना अग्रज कलाकार ब्रह्मशेखर बज्राचार्यले रिवन काटेर उद्घाटन गरेका थिए ।
त्रिभुवन बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश्वर उदय, जिल्ला मालपोत कार्यालय पाल्पाका प्रमुख एवं साहित्यकार नवराज वराल, कलाकार मदन देउराली, नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा लगायतले बोल्दै सगिंतमा रुची राख्ने र नवप्रबेशीरुका लागी मद्धत गर्ने धारणा राखेका थिए ।
ट्रेनिङ्ग सेन्टरमा लोक तथा क्लासिकल भोकल, मादल, सारङ्गी, ढोलक, तबला, बाँसुरी, हार्मोनियम, गिटार बजाउन सिकाईने बताए छ ।
उद्घाटन कार्यक्रम लोक दोहोरी गायक प्रेम लामीछाने मगरको स्वागत र पत्रकार नारायण न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend