साझा नेटवर्क
रञ्जित चौरसिया, वीरगन्ज पुस १२ ।
पर्साको पकहामैनपुर गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका सम्पूर्ण विद्यालयमा सेनेटरी प्याड वितरण गरेको छ । अध्यक्ष विजय कुमार चौरसियाले पालिका अन्तर्गत रहेका माध्यमिक तथा निम्न माध्यमिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुको लागि सेनेटरी प्याड वितरण गरेका हुन् ।
चिसोको मौसममा छात्राहरुलाई महिनावारी भएपछि विद्यालय आउनमा समस्या हुने गरेकोलाई मध्यनजर गर्दै चौरसियाले आफै ट्याक्टरमा बोरामा सेनेटरी प्याड बोकी सम्पूर्ण विद्यालयमा पुगी वितरण गरेका हुन् ।
गापा अध्यक्ष चौरसियाका अनुसार महिनावारीको कारण चिसोको समयमा विद्यालयमा छात्राहरुको उपस्थिति कम हुने गरेकोले त्यसलाई मध्यनजर गर्दै छात्राहरुको अध्ययनमा प्रभावित नहोस् भन्ने उद्देश्यले विद्यालयमा छात्राहरुको लागि सेनेटरी प्याड वितरण गरिएको बताए ।
उनका अनुसार सम्पूर्ण विद्यालयमा ५ हजार पकेट सेनेटरी प्याड वितरण गरिएको छ । ग्रामीण भेगका कतिपय छात्राहरुको गरिबी अवस्थाका कारण सेनेटरी प्याड किन्न नसक्ने भएकोले तिनीहरुले घरमा पनि लैजान पाउने उद्देश्यले वितरण गरिएको र पुनः चाहिएको अवस्थामा अझै उपलब्ध गराईने उनको भनाई छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend