logo
  • आइतबार, असोज ११ २०८३

मन्त्री झाक्रीकाे पहलमा रेसुङ्गालाई १० कराेड


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

शिव सुवेदी, गुल्मी पुष १२।
शहरी विकास मन्त्री रामकुमारी झाक्रीकाे पहलमा रेसुङ्गा विमानस्थलमा १० कराेड वजेट व्यवस्था भएकाे छ । निमार्णकाे अन्तिम चरणमा रहेकाे रेसुङ्गा विमानस्थलमा वजेटकाे अभावले निर्माण कार्य अवरुद्ध नहाेस भन्दै शहरी विकास मन्त्री झाक्रीले विमानस्थलका लागि १० कराेड वजेटकाे व्यवस्था मिलाएकी हुन ।
केही दिन अगाडि सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र शहरी विकास मन्त्री रामकुमारी झाक्रीविच भएकाे भेटघाटमा मन्त्री आलेले गुल्मीको रेसुङ्गा विमानस्थलका लागि १० कराेड वजेट व्यवस्था मिलाईदिने प्रतिवद्वता जनाएका थिए ।
शहरी विकास मन्त्री रामकुमारी झाक्रीकाे स्वकीय सचिवालयका अनुसार अघिल्लो साता माननीय शहरी विकास मन्त्री ज्यु र सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय प्रेम आले ज्युसगँ भेटघाट र छलफलवाट रेसुङ्गा विमानस्थलका लागि वजेटकाे व्यवस्था मिलाउने कुरा भएअनुसार आईतवार १० कराेड वजेट छुट्टिएकाे हाे ।

निर्माणधिन अवस्थामा रहेकाे रेसुङ्गा विमानस्थलकाे शहरी विकास मन्त्रीले पुस १६ गते अनुगमन समेत गर्ने कार्यक्रम रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend