साझा नेटवर्क
कृष्ण भट्टराई गुल्मी, पुष १२ ।
नेपाली काङ्ग्रेस मुसिकोट नगरपालिका वार्ड न २ ले आफ्नो सङ्गठन बिस्तारको कार्यक्रमलाई प्राथमिकतामा राखेर वडाभित्रका विभिन्न टोलमा टोल कार्य समितिको पुनर्गठनलाई अभियानका रुपमा संचालन गरेको छ । २ नम्बर अन्तर्गतका खस्थोक अमराइ, दरवार टोल र हाडिखोला दलुङ्ग टोलमा टोल कार्य समितिको पुनर्गठन गरिएको नेपाली काङ्ग्रेस वार्ड नम्बर २ का सभापति तेज बहादुर महतले जानकारी दिनुभयो ।
पार्टीलाई प्रजातान्त्रिक धारणा अनुसार संचालन गर्न र आगामी निर्वाचनमा आफ्ना उमेदवारलाई बिजयी बनाउने उद्देश्यले पार्टीको टोल कार्य समितिको पुनर्गठन अभियान संचालन गरिएको सभापति महतले जानकारी दिनुभयो ।
अभियान अन्तरगत हाडिखोला दलुङ्ग टोलमा सपन सिंह ठकुरिको सभापतित्वमा २१ सदस्यीय टोल कार्य समितिको पुनर्गठन गरिएको छ । जस्को उपसभापतिमा झविन्द्र घिमिरे सचीव बल बहादुर रजाली सह सचीव मिना रायमाझी कोषाध्यक्ष तिलकुमारी चालिसे लगाएत सदस्य रहेका छ्न ।
कार्यक्रम वार्ड नम्बर २ का सभापति तेज बहादुर महतको सभापतित्व,र नेपाली काङ्ग्रेसका बाबुराम घिमिरेको सन्चालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend