logo
  • आइतबार, असोज ११ २०८३

पश्चिम् नवलपरासीमा लागु औषध सहित ३ जना पक्राउ


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

उर्मिला यादव यात्री, सुनवल पुस ११ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ कुस्मा बस्ने अब्दुल रहेमान, सोहि स्थान बस्ने विवेक पाण्डे र सुनवल नगरपालिका वडा नं. १ सोमनाथ बस्ने कृष्ण बहादुर पाण्डे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ कुस्माबाट पक्राउ गरेको जनाएको छ ।श्रोतका अनुसार तिनै जनालाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट स्पास्मो १सय ७४ क्याप्सुल, नाईट्रोभेट १९ ट्याब्लेट र कोडिन ३ बोतल लागु औषध फेला परेको थियोे ।

पक्राउ परेका तिनै जनालाइ लागुऔषध मुद्धामा मुद्धा दर्ता गरी लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend