logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीको मैत्री बहुउदेश्यीय सहकारी बुटवलमा, समृद्धिका लागि तराई पहाड जोडिदै


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी पुस १०।
गुल्मीको मैत्री बहुउदेश्यीय सहकारी संस्थाले बुटवलबाट सेवा दिन थालेको छ । लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरुको कृषि उत्पादनलाई तराईसंग जोडेर बजारीकरण र बित्तिय सेवा बिस्तार गर्ने उद्धेश्यका साथ शाखा स्थापना गरिएको मैत्री बहुउदेश्यीय सहकारी संस्था प्रधान कार्यालय गुल्मीका प्रमुख कार्यकारी अधिकृत अर्जुन आचार्यले जानकारी दिए ।
सहकारीको नवौ शाखाको रुपमा वुटवल उप–महानगरपालिका ११ कालिकानगर होराइजन चोकबाट सेवा शुभारम्भ गरिएको छ । शाखाको वुटवल उप–महानगरपालिका मेयर शिव सुवेदीले उद्घाटन गरे । सुवेदीले पहाडका गाउँ धनी नभएसम्म तराई समृद्ध नहुने भएकाले सहकारी मार्फत तराई र पहाड जोडनु पर्ने धारणा राखे । तत्कालिन लुम्बिनी अञ्चलका ६ वटा जिल्लामा कार्यक्षेत्र बनाएर शाखा संचालन गरिएको आचार्यले बताए ।
कपिलवस्तुको तौलिहवामा केहि समय पहिले शाखा संचालन भइसकेको छ । उनले क्रमैसंग अर्घाखाँची, पाल्पा र पश्चिम नवलपरासीमा शाखा संचालन गरिने बताए । मैत्री बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष गोपाल बहादुर सुनारले सहकारीलाई प्रदेश स्तरिय बनाउने योजना अनुसार शाखा बिस्तार अभियान संचालन गरिएको बताए । सुनारका अनुसार अहिलेसम्म सहकारीमा ९ वटा शाखा मार्फत करिव १३ हजार सदस्य आवद्ध रहेका छन् ।
नियमित र दैनिक बचत, कर्जा प्रबाह, रेमिट्यान्स लगायतका सेवा प्रबाह गरिने बुटवल शाखा कार्यालयका प्रमुख सुरज पोख्रेलले जानकारी दिए । उनले वुटवलमा विभिन्न पेसा व्यावसाय गर्ने व्यक्तिहरुलाई केन्द्रमा राखेर अन्य सेवाहरु बिस्तार गर्ने भएकाले सहकारीमा आवद्ध हुन सवैलाई आग्रह गरे ।

सहकारीले पछिल्लो समय गुल्मीमा किसानहरुले उत्पादन गरेको कृषि उपजलाई तम्घास र धुर्कोटका सुपथ मुल्य पसलमा संकलन गरिरहेको बजार अधिकृत रामबहादुर कुवंरले जानकारी दिए । उनले संकलित कृषि उपजलाई बुटवलसम्म जोडनको लागि शाखा कार्यालयले सहजीकरण र सुपथ मुल्य पसल बिस्तारको योजना रहेको बताए ।

सहकारीको करिव ८० करोड पुँजी रहेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष गोपाल सुनारको अध्यक्षता, मेयर सुवेदीको प्रमुख आतिथ्यता, सहकारीका कोषाध्यक्ष केएन घिमिरेको स्वागत तथा सदस्य यज्ञ प्रसाद पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

मेयरसहित वुटवल उप–महानगपालिका ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, सहकारीका प्रमुख कार्यकारी अधिकृत अर्जुन आचार्य, संचालक समिति सदस्य जंग नेपाली, समाजसेवी प्रेम सेन्चुरी, अगुवा महिला सहकारीका व्वस्थापक शिव प्रसाद न्यौपाने, गुल्मी रुपन्देहि सम्पर्क समाजका अध्यक्ष डाक्टर नारायण पन्त लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend