साझा नेटवर्क
अनिल खत्री, गुल्मी पुस १० ।
गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सरसफाई गर्न पछिल्लो समयमा कुनै निकायबाट पनि ध्यान दिएको पाइदैन् । तर तम्घास बजारका मुख्य स्थनमा सुरक्षा निकाय बिद्यार्थीको उपस्थितिमा सरसफाई गरिएको छ । राष्ट्रिय सेवा दल (एनसीसी) नेपालको १४औं वार्षिकोत्सवको अवसरमा गुल्मी सदरमुकाम तम्घास बजारका विभिन्न स्थानमा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल सहित सुरक्षा निकाय, विद्यार्थीहरुको उपस्थितमा सरसफाई गरिएको हो ।
मिलीजुली कायम गरौँ नेपालीको भातृत्व ग्रामीण क्षेत्रको विकास, हामी सबैको साझा दायित्व भने नाराका साथ स्वच्छ जीवन, स्वच्छ वातावरण सरसफाई हाम्रो अभियान उदेश्य लिएर सरसफाई गरिएको थियो । प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले सरसफाई भनेको व्यक्तिगत तहबाट सुरु हुने विषय भएकाले सरसफाई गर्न सबै नागरिकको कर्तव्य र जिम्मेवारी भएको बताए ।
घर परिवार, समाजबाट सरसफाई गर्नुपर्ने जिम्मेवारी लिनुपर्ने भए पनि संस्थागत हिसाबले स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । गुल्मी अस्पताल वरपर देखी प्रशासन हँुदै चिदिचौरसम्म सरसफाई गरिएको थियो ।
जिल्लामा सरसफाईको अवस्था राम्रो भए पनि पछिल्लो समय भने नागरिक स्तरबाटसरसफाईको महत्व बिर्सिदै गएका छन् । जसले गर्दा सरकारी निकायकै अगाडी रहेको थ्रि डी पार्क सहित सार्बजनिक स्थान फोहोरे भरिदै गएपछि बजारकै सुन्दरता हराउदै जान थालेको छ ।





© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend