logo
  • शुक्रबार, असोज ९ २०८३

राष्ट्रिय युवासंघ वडा कमिटी अध्यक्षमा देवेन्द्र पुन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सज्जन ढकाल, गुल्मी पुष ८ ।
गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७, भुर्तुङ्गमा राष्ट्रिय युवा संघ नेपालको वडा कमिटी गठन सम्पन्न गरिएको छ । देबेन्द्र पुन अध्यक्ष रहेको वडा कमिटी गठन गरिएको हो । उपाध्यक्ष मेख राज गुरुङ्ग, सन्तोष कँडेल, बिसन कार्की अजय सुनार, नारायण घर्ती गणेश गौतम, बिना सुनार, सचिब शिशिर थापा, सह सचिब देबेन्द्र गुरुङ्ग, संगम थापा, कल्पना थापा रहेको ५७ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
नेकपा एमाले कालीगण्डकी गाउँपालिका अध्यक्ष रामजी ढकालको प्रमुख आतिथ्य पालिका सचीव सेर बहादुर बुढाको विशिष्ट आतिथ्य वडा कमिटी अध्यक्ष घनश्याम थापाको अध्यक्षता पुण्य प्रसाद गौतमको स्वागत मन्तव्यबाट कार्यक्रम सुचारु गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि रामजी ढकालले देश निर्माणको जिम्मेवारी अब युवाहरुको हातमा आएको बताए ।
कार्यक्रममा बोल्दै नेकपा एमाले गुल्मी जिल्ला कमिटी सल्लाहकार धन बहादुर क्षेत्रीले देसमा विद्यमान विभिन्न बिकृती बिसङ्गतिका विरुद्ध युवाहरु ससक्त भएर लाग्नु पर्ने बताए । सम्बोधनको क्रममा विशिष्ट अथिती सेर बहादुर बुढाले देसमा यति बेला एमालेको लहर संगै राष्ट्रिय अखण्डता र स्वाभिमानको पक्षमा एमाले रहेको बताए ।

सबै युवाहरु एकजुट भएर लाग्नु पर्ने भन्दै युवा संघ नेपाल देश निर्माणको लागि बलियो संगठन भएको दाबी गरे । उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सल्लाहकार धन बहादुर क्षेत्री, राष्ट्रिय युवा संघ गुल्मी जिल्ला कमिटी सदस्य सेर बहादुर थापाको विशेष उपस्थिति रहेको थियो ।

अनेम संघ वडा कमिटी भुर्तुङको अध्यक्षमा शिला शाह

कालीगण्डकी गाउँपालिका वडा नम्बर ७, भुर्तुङ्गमा शिला शाह अध्यक्ष उपाध्यक्ष शान्तु साह, देवकला गिरि, फुलमायाँ थापा, कोपिला किसान, रेशमकला कार्की मिना भारती सचीव शान्ती किसान, सहसचिव शीता पुरी, उषा शाह, देबि आचार्य रहेको ४० सदस्यीय अनेम संघ गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend