logo
  • शुक्रबार, असोज ९ २०८३

बाग्लुङ्मा युवाहरुको सक्रियतामा अबरुद्ध बिजुली पुन सञ्चालनमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिश गैरे, वामी गुल्मी भदौ २१।

युवाहरुको सक्रियतामा बिगत ५ महिना देखी अबरुद्ध बाग्लुङ्को पश्चिमी गाबिस ग्वालीचौर वडा नम्बर ८ स्थित बिद्युत युवाहरुले सञ्चालनमा ल्याएका छन । थानापति समाजकल्याण संस्थामा आबद्ध युवाहरुको सक्रियतामा गाँउमा बत्ति पुन सुचारु भएको हो ।maxresdefault

पाँच महिना अगाडी चट्याङ्ले बिद्युतको ट्रान्सफर्मरमा क्षती पुर्याएपछि बिद्युत आज सम्म अबरुद्ध भएको थियो भने गाँउ बुद्धिजिवि तथा समाजसेबीहरुले बिद्युत सञ्चालन गर्न कुनै चासो नदेखाएका कारण युवाहरुले जुटेका हुन ।

संस्थाका सचिब चिरञ्जिवी घिमिरेका अनुसार बिद्युत अबरुद्ध भएको पाँच महिना सम्म जति सुकै दवाव दिदा पनि बिद्युत सञ्चालन समितिले कुनै चासो नदिएको कारण आफुहरु जुटेका थिए । युवाहरुले बिद्युत सञ्चालन गर्नको लागि करिब ३ घण्टाको उकालो बाटामो बिद्युतका गाह्रौ समाग्रीहरु युवाहरुले आफै बोकेर ल्याएका बताए ।
गाँउमा सञ्चालित मोटरबाटो पनि पहिरोले अबरुद्ध बनाएपछि युवाहरुले आफ्नो ढाड नै खियाएर समानहरु बोकेको संस्थाका अध्यक्ष चक्र बुढाले बताए।

लब्धीखोला दोस्रो जलबिद्युत परियोजना द्धारा सञ्चालीत सो बिद्युतको प्रसारण क्षेत्रमा कुनै पनि समस्या भएमा बिद्युत सञ्चालन समितिले कुनै चासो लिदैन, जहाँ बिग्रिको छ त्यहीका स्थानीयहरुले मर्मत गर्नुपर्छ । यही प्रबृतिका कारण गाँउका युवाहरुले करिब २ लाखको लागतमा काम सम्पन्न गरेका बताए।

स्थानीयहरुको जन श्रमदान तथा आर्थिक सहयोग संकलन गरि हेटौडा बाट समाग्रीहरु तथा जडान गर्ने प्राबिधिक समेत बुटवलबाट बोलाइ बिद्युत मर्मत गरिएको संस्थाका सचिब घिमिरेले बताए ।वडाका करिब १ सय ८० घरधुरी बिद्युतको समस्याका कारण समस्यामा परेका बताए।

भने सामान्य कुटानी पिसानी गर्न, मोबाइल चार्ज गर्न पनि उनीहरुलाई निकै समस्या परेका स्थानीय युवा रामु जिसीको भनाइ रहेको छ । गाँउमा करिब ५ महिना पछि बिद्युत सञ्चालनमा आउँदा स्थानीयहरु पहिला पटक बिद्युत सञ्चालन हुँदाको जस्तै खुशी भएका छन ।

अब उनीहरुलाई कुटानी पिसानी गर्नको लागि तिन घण्टाको बाटो हिड्नु पनि पर्दैन अनि तिन घण्टा कुर्नु पनि पर्देन । स्थानीय महिलाहरुका अनुसार बिद्युतको कारण काम गर्न बाहिर जानुपर्ने समय अब अन्य काममा खर्च गर्ने सकिने बताईंनन । बिद्यार्थीहरु राम्रो सँग अध्ययन गर्न पाउने भएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend