साझा नेटवर्क
सृजना आचार्य, कपिलवस्तु पुष ८।
बुबा आमाले आफ्नो सन्तानलाई विभिन्न अवसरहरुमा उपहार दिने गर्दछन । आफ्नो आर्थिक र भाैतिक अवस्थाले सक्ने जति सक्दो आफ्नो सन्तानलाई उपहार दिने बुबा आमाको प्रयास हुन्छ ।
कपिलवस्तु नगरपालिका वडा नम्बर – ०३, निवासी राकेश कुर्मीले भने आफ्नो छोरा हर्षित कुर्मीकाे जन्मदिनको अवसरमा ५ लाखको बाल भविष्य जीवन बीमा प्रदान गरेका छन् ।
सिटिजन जीवन बीमा कम्पनीको सिटिजन बाल भविष्य जीवन बीमा योजना अन्तर्गत यो उपहार दिएको आमा रिताले बताइन् ।
बुबा राकेश कुर्मी भन्छन, सन्तानलाई वर्तमान मात्र हैन भविष्य पनि सुरक्षित पार्न विलायसी खर्चमा उपहार दिनु भन्दा हरेक अभिभावकलाई जीवन रक्षा र बीमा योजनामा सहभागी भई यस प्रकाको उपहार मा जोड दिए अब्बल हुन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend