logo
  • आइतबार, असोज ११ २०८३

रेसुङ्गामा नगर स्तरीय बालअधिकार समिति गठन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी पुस ७ ।
गुल्मी जिल्लामा नगर स्तरीय बाल अधिकार समिति गठन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर नगर स्तरीय बाल अधिकार समिति गठन गरिएको हो । बिपदमा बाल संरक्षण गर्ने उदेश्यले समिति गठन गरिएको छ ।
रेसुङ्गा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना र सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु र युनिसेफ नेपालको प्राबिधिक सहयोगमा समिति गठन गरिएको थियो । नेपाल सरकार बालबालिका सम्बन्धित ऐन २०७५ को धारा ६० को उपधारा १ र २ बमोजिम नगर स्तरीय बाल अधिकार समिति गठन गरिएको छ । समितिमा नगरपालिकाको उपप्रमुखको अध्यक्षतामा ३३ सदस्यीय समिति गठन गरिएको छ ।

समितिको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत,शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, योजना प्रशासन शाखा प्रमुख, शिक्षक प्रतिनिधि २ जना, बाल क्लव, बाल संजालबाट २ जना, उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्श, गुल्मी उद्योग संघका प्रतिनिधि, गैर सरकारी संस्था महासंघ प्रतिनिधिसदस्यमा रहने छन् ।

त्यस्तै यातायात व्यवसायी समितिका प्रतिनिधि, मनोविमर्शकर्ता, पत्रकार महासंघ, सामाजिक विकास समिति प्रमुख, नेपाल प्रहरीको प्रतिनिधि, पुनस्र्थापना केन्द्र प्रतिनिधि, नगरपालिका सम्पूर्णवडा अध्यक्षहरु, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा सदस्य सचिव रहने गरि समिति गठन गरिएको छ ।

नगर बाल अधिकार समिति गठन गर्दा आबश्यक सम्बन्धित प्रतिनिधि संस्थालाई पत्राचार गरि ब्यक्ति तोक्ने र समितिलाई पुर्णता दिने निर्णय भएको छ । त्यस्तै नगर बाल अधिकार समितिको पुर्णता बैठक आगामी महिनाको अन्तिम सातामा र माघको अन्तिम साता बस्ने निर्णय गरिएको छ ।

समिति गठन कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुका कार्यक्रम प्रमुख प्रकाश घिमिरे र बाल संरक्षण अधिकृत अजय चौधरीले बाल अधिकार सम्बन्धि प्रस्तुती राखेका थिए । बिपद पछि बालबालिका धेरै जोखिममा पर्ने गरेको उल्लेख गरे । त्यस्ता बालबालिकाको उद्धारको निम्ति यस समितिले काम गर्ने बताए ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले बालबालिकाको हल अधिकारको निम्ति यस समितिले काम गर्ने बताए ।समितिलाई छिट्टै पूर्णता दिएर काम गर्ने नगरप्रमुख भुसालले बताए । नगर स्तरीय बाल अधिकार समिति गठन कार्यक्रमको सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुका गुल्मी प्रमुख साहित्य पोखरेलले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend