साझा नेटवर्क
गुल्मी, पुष ४।
रेसुङ्गा नगरपालिका वडा नं ९ को जेष्ठ नागरिक सम्मान तथा विकासको दर्पण छाँया विमोचन कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिका वडा नं ९ को आ.व २०७८/०७९ को स्वीकृत वार्षिक निति कार्यक्रम तथा बजेट अनुसार वडाका ७० वर्ष माथि उमेर समँुहका ८३ जना वृद्ध वृद्धालाई सम्मान गरेको हो । जेष्ठ नागरिकलाई सम्मान गर्दै वडा तर्फ बाट एक थान ब्ल्याङ्केट एकथान हर्लिस (आधा केजी) वितरण गरिएको थियो ।
रेसुङ्गा नगरपालिका वडा नं ९ कै वडा अध्यक्ष नारायण बरालको अध्यक्षता, नगर प्रमुख डिल्लीराज भुसालज्यूको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी र ज्येष्ठ नागरिक शताब्दी पुरुष पर्शुराम उपाध्याय पन्थी ज्यूको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उक्त वडाका जनप्रतिनिधिहरुले आफुहरु निर्वाचित भएपश्चात ४ वर्षै कार्यकालमा गरिएका विकास निमाण कार्यको वृतचित्र विमोचन समेत गरेका थिए ।
उक्त वृतचित्रमा वडा कार्यालयले सुरुदेखि चारवर्ष कार्यकाल सम्म भए गरेका विभिन्न विकास निमार्ण कार्यहरु जस्तैः पानीको समस्या बाट ग्रसित स्थानीयहरुको समस्यालाई मध्यनजर राख्दै पहाडी जिल्लामा अत्यन्तै कम सम्भावना रहेको वाटर बोरिङको काम सफल पारेको, वडा नं ९ र ७ बासीलाई आवत जावत सहज बनाउन झोलङ्गे पुल निमार्ण, प्रत्येक टोलमा पहुँच हुने पक्की सडक निर्माण, तम्घास थान आधारभुत स्वास्थ्य चौकी भवन निर्माण, सडक ढल तथा नाली निर्माण, रेसुङ्गा चिल्डे«न पार्क, भुल्के खालाचौर हुदै सुन्दरबस्ती जोडने मोटरबाटो, सडक बत्ती विस्तार आदि कार्यहरुको झलक समेटिएको थियो ।
जनप्रतिनिधिहरुले यसरी आफ्नो कार्यप्रगति विवरण भिजुवलरुपमा प्रस्तुत गरेको जिल्लामै पहिलो वडा बनेको छ । कार्यक्रममा उपस्थित विभिन्न राजनितिक दलका प्रतिनिधि,बुद्धिजिवी,पत्रकार स्थानीयवासीहरुको उपस्थिति रहेको उक्तकार्यक्रममा शुभकामना दिंदै नगरप्रमुख डिल्लीराज भुसाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश श्रीपाली लगायतका वक्ताहरुले उक्र कार्यको उच्च मूल्याङ्कन गर्दे १४ ओटा वडा रहेको रेसङ्गा नगरपालिका मध्ये उक्त वडाका जनप्रतिनिधिहरुले टिमवर्कलाई प्रभावकारी बनाउदै आमजनतालाई अनुभूति दिलाउने, जनआकांक्षा अनुरुप काम गरेको भन्दै खुलेर प्रसंसा गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन सोही वडाकी वडा सचिव गंगा पन्थीले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend