logo
  • आइतबार, असोज ११ २०८३

बालिविज्ञानका विद्यार्थीहरुलाई टनेल वितरण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल,गुल्मी पौष ०२ ।

गुल्मीको धुर्कोट गाउँपालिकाले बालिविज्ञान अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क टनेल वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ४ जैसिथोकमा रहेको पाञ्चायन माध्यमिक विद्यालयका बालिविज्ञान तर्फका कक्षा १२ मा ओजेटी गरिरहेका ५५ जना विद्यार्थीहरुलाई तरकारी खेतीको लागि बिहीबार टनेल प्रदान गरिएको हो ।गाउँपालिका अध्यक्ष भुपाल पोखरेलका अनुसार शिक्षालाई व्यवहारिक र प्रयोगात्मक बनाउन विद्यार्थीहरुलाई टनेल वितरण गरिएको हो । पाञ्चायन माध्यमिक विद्यालयले विगत छ बर्षदेखि कक्षा नौ बाट कृषि शिक्षा संचालन गर्दै आएको छ । जसमध्ये कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई टनेल प्रदान गर्ने कार्यक्रम गाउँपालिकाको आर्थिक बर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा समेटिएको थियो । सोही कार्यक्रमअनुसार बिहीबार टनेल प्रदान गरिएको गाउँपालिकाकी कृषि शाखा प्रमुख अञ्जली गौतमले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend