logo
  • आइतबार, असोज ११ २०८३

गरिमा बैक ग्राहक र बिद्यार्थीलाई बित्तिय साक्षरता प्रदान गर्दै


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल,गुल्मी मंसिर २८ ।

गरिमा विकास बैंक गुल्मीले ग्राहक र बिद्यार्थीलाई बित्तिय साक्षरता कक्षा प्रदान गरेको छ । तम्घास बजारका ग्रहाक र महेन्द्र माविको कक्षा १२ मा अध्ययन गर्ने बिद्यार्थीहरुलाई बित्तिय साक्षरता कक्षा प्रदान गरिएको हो ।कार्यक्रममा बैंकको तर्फबाट अनिल मरासिनीले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । बैंकका म्यानेजर बिष्णु गैरेले बैंकको इतिहास र अवस्था, डिजिटल बैकिंग सेवा, क्युआर कोड, कनेक्ट आइपिएस र आइपिओ, खाता, चेकका प्रकार र सुविधाका बारेका जानकारी दिएका थिए । कार्यक्रममा सहभागीहरुले समय सान्दर्भिक प्रशिक्षण पाएकोमा खुसी व्यक्त गरे ।

कोभिडको बेला डिजिटल बैकिङ्ग सेवाको महसुस र प्रयोग बढेकाले समय र सुरक्षाको दृष्टिकोणले बैंकले सेवासंगै ग्राहकलाई अत्यन्तै महत्वपूर्ण बिषयमा प्रशिक्षण दिएकोमा आभार व्यक्त गरेका थिए । गरिमा विकास बैंकले तम्घास र शान्तिपुर दुई स्थानबाट सेवा दिइरहेको छ । बंकका नेपालभर १ सय १८ शाखा र साढे ६ लाख ग्रहाक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend