logo
  • शुक्रबार, साउन ८ २०८३

अमरकल्याण महिला विकासको साधारण सभा सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

हुमाकान्त पोखरेल,गुल्मी मंसिर २३ ।

अमरकल्याण महिला विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेड, रेसुङ्गा नगरपालिका –९ गुल्मीको साधारण सभा सम्पन्न भएको छ । मंगलबारबाट सुरु भएको १६ औँ साधारण सभा बिहीबार औपचारिक कार्यक्रमका बीच समापन गरिएको हो । कार्यक्रमको अवसरमा लेखापरीक्षण लगायत संस्थाका विभिन्न प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यस्तै सातजना ज्येष्ठ सेयर सदस्यहरुलाई हर्लेस एवम् दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष गंगा थापा, पूर्व सदस्य विष्णुमाया श्रीस र लेखा समिति सदस्य दीपा पन्थीलाई दोसल्ला, मायाको चिनो र सम्मान पत्रले सम्मान गरिएको थियो । ०६२ सालमा स्थापना भएको सहकारीले रेसुङ्गा नगरपालिकालाई कार्यक्षेत्र बनाएको छ । हाल सहकारीका ७८२ सेयर सदस्य रहेका छन् ।

सहकारीको कुल पुँजी चार करोड ५३ लाख ७१ हजार २१ रहेको छ । भने सेयर पुँजी एक करोड १२ लाख ४२ हजार पाँच सय एवम् कोषमा ३८ लाख चार हजार ३९२ रहेको छ । गत आर्थिक बर्षमा सहकारीमा चार करोड ५३ लाख ७१ हजार २१ रुपैँयाको कारोबार भएको व्यवस्थापक अन्जु पन्थीले जानकारी दिइन् । हाल सहकारीले सुपथ पसल संचालन, बेसार मसला प्रशोधन उद्योग, बचत तथा ऋणको काम, सामुदायिक सेवा केन्द्र संचालन लगायतका काम गर्दै आइरहेको छ । अब सहकारीले सेयर सदस्यहरुलाई उद्यमी बनाउको लागि एक करोड ऋण लगानी गर्ने र अटो रिक्सा संचालन गर्ने तयारी गरिरहेको व्यवस्थापक पन्थीले जानकारी दिइन् ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाकी उपमेयर सीता भण्डारीले सहकारीले महिलाहरु एकजुट भएर काममा खटिए सफलता प्राप्त हुने उदाहरण दिएको भन्दै पशंसा गरिन् । त्यसका साथै नगरपालिकाबाट पनि सहकारीको लागि आवश्यक सहयोग प्रदान गर्ने उनले प्रतिवद्धता जनाइन् । कार्यक्रममा विभिन्न जनप्रनिधि, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend