logo
  • आइतबार, असोज ११ २०८३

अनेरास्ववियू (क्रान्तिकारी)द्धारा क्याम्पस प्रमुखलाई ज्ञापन पत्र


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क,बुटवल मंसिर २३ ।

नेकपा माओवादी केन्द्रनिकट विद्यार्थीहरुको संगठन अनेरास्ववियू (क्रान्तिकारी) बुटबल बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । संगठन विस्तारको क्रममा विद्यार्थीहरुबाट क्याम्पसको सन्दर्भमा विभिन्न गुनासाहरु आएपछि संगठनले बिहीबार ध्यानाकर्षण पत्र बुझाएका हो ।संगठनले क्याम्पस प्रमुखसमक्ष विभिन्न ३१ बुँदे माग राख्दै पत्र बुझाएको अखिल क्रान्तिकारी क्याम्पस कमिटी उपाध्यक्ष गोपाल भण्डारीले जानकारी दिए । प्रत्येक कक्षामा समय तालिकाअनुसार पढाई सुचार गर्नुपर्ने, आन्तरिक परीक्षालाई निरन्तरता दिनुपर्ने, क्याम्पस परिसरमा शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने, छात्रा शौचालयलाई व्यवस्थित बनाउनुपर्ने माग संगठनले राखेको छ । त्यस्तै कक्षाकोठाहरुमा फर्निचरको आवश्यक व्यवस्थापन गर्ने, छात्राहरुको लागि निःशुल्क सेनेटरी प्याड हुनुपर्ने लगायतका माग राखेको संगठनका उपाध्यक्ष भण्डारीले बताए ।

यदि आफुहरुको मागलाई क्याम्पसले वेवास्ता गरेमा विद्यार्थीहरुको पक्षमा आफुहरु कडा आन्दोलनमा उत्रने र त्यसबाट सिर्जित परिणम भने क्याम्पसले नै बेहोर्नुपर्ने अखिल क्रान्तिकारीका क्याम्पस कमिटी अध्यक्ष विष्णुप्रसाद ज्ञवालीले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend