logo
  • शुक्रबार, साउन ८ २०८३

कालिगण्डकी क्षेत्रमा सरसफाई


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

हुमाकान्त पोखरेल,गुल्मी मंसिर २१ ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका अन्तरगत पर्ने कालिगण्डकी क्षेत्रमा सरसफाई गरिएको छ । रुरुक्षेत्र गाउँपालिका – १ को समन्वयमा मंगलबार कालिगण्डकी क्षेत्रको रिडी खोला किनार क्षेत्रमा सरसफाई गरिएको हो ।बाग्मती सफाईका अभियान्ता एवम् सरकारका पूर्व मुख्य सचिव लिलामणी पौडेल, स्थानीय क्वल, जनप्रतिनिधि, कर्मचारी, प्रहरी लगायत स्थानीय समुदायको पहलमा नदि किनार क्षेत्रको सफाई गरिएको हो । किनारबाट जुत्ता, चप्पल, पानीका बोतल, चियाका गिलास, दाउरा, प्लास्टिकजन्य विभिन्न वस्तुहरु लगायतका फोहोर संकलन गरी व्यवस्थापन गरिएको अभियान्ता यदु ज्ञवालीले जानकारी दिए ।

बाग्मती सफाईका अभियान्ता पौडेलले नदि क्षेत्रको सफाइले समाजको सौन्दर्यतालाई झल्काउने भन्दै कालिगण्डकी क्षेत्र सफाई गरिएको बताए । त्यसका साथै उनले एकदिनमात्र नभएर अन्य समयमा पनि स्थानीय आफैले चासो राखेमा नदि क्षेत्रमा फोहोर नहुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend