logo
  • शनिबार, साउन ९ २०८३

कोपन्हेगनमा म्याराथुन दौडमा नेपालको सहभागिता


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

डेनमार्क, जेठ १० ।
डेनमार्कमा बसोबास गर्दै आएका नेपाली दम्पत्ती मनोज दाहाल र मेन्दो लामाले नेपालको प्रतिनिधित्व गर्दै यस वर्षको कोपन्हेगन म्याराथुनमा ४२.१५९ किलोमिटरको दुरी मनोजले ५ घण्टा नौ मिनेट २७ सेकेन्ड र मेन्दोले ५ घण्टा नौ मिनेट २९ सेकेन्डमा पुरा गरेका छन ।
run
रन फर नेपाल स्लोगन सहित टेलेनोर कोपन्हेगन म्याराथुनमा भाग लिन उनीहरूलाई कोपन्हेगन स्थित नेपाली दुतावास र नेपाल पर्यटन बोर्डले सहयोग तथा समन्य गरेको थियो । यो डेन्मार्कमा बार्सिकरुपामा आयोजना गरिने मध्यको यो महत्वपुर्ण म्याराथुन हो।

यस म्याराथुन नेपालको सहभागिताले नेपाल लाई बिश्व समुदाय बिच चिनाउन महत्वपुर्ण रहेको नेपाली दुतावासका कार्य बाहाक राजदुत रामकाजी खड्काले जानकारी दिए भने रन फर नेपाल स्लोगन सहित टेलेनोर कोपन्हेगन म्याराथुनमा नेपालको सहभागिताले नेपालको पर्यटन प्रबर्धनको लागी सफल रहेको नेपाल पर्यटन बोर्डका मानार्थ जन प्रतीनिधी सोमसापकोटाले बताए ।
run 1
राष्ट्रको प्रतीनिधित्व गर्दै भाग लिन पाएकोमा आफ्नो सहभागितले देस लाई बिस्व समुदाय बिच चिनाउन सहयोग पुगेमा गौरब लागेको नेपाली दम्पत्ती मनोज दाहाल र मेन्दो लामाले बताए । टेलेनोर कोपन्हेगन म्याराथुनमा भाग लिएका मनोज र मेन्दोलाई हौसला बढाउन संयोजक संस्थाका प्रतिनिधिहरू र ठाउँ-ठाउँमा नेपालीहरू उपस्थित थिए।

कोपन्हेगनको आइल्याण्ड ब्रुगेबाट शुरु भै सहरको बिभिन्न भाग हदै पुन: प्रारम्भस्थलमै पुगेर टुंगिने गरी रुट तय गरिएको उक्त म्याराथुन एकान्बे देसका ९ हजार ३ सय ८० जना धाबकहरुले भाग लिएको उक्त दौडमा पचास हजार भन्दा बढी दर्सकहरुले सहभागिहरुलाई हौसला प्रदानगर्न कार्यक्रम स्थलमा उपस्थित थिए।

यसबर्ष कोपन्हेगन म्याराथोनमा इथियोपियाका अस्चालिउ बिरु हुन्देले ४२.१५९ किलोमिटर को दुरी सबैभन्दा कम २ घण्टा २० मिनेट ४७ सेकेन्डमा पुरा गरेका छन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend