साझा नेटवर्क
प्रिन्स मिश्रा,कपिलवस्तु मंसिर १७ ।
रम्भादेवी कलेज ऑफ मेडिकल साइन्सको आयोजनामा शुक्रबार बुटवल स्थित कुञ्जपार्कमा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
सामान्य चिकित्सा तेस्रो वर्षमा अध्यायनरत १५ औ ब्याज द्वारा आयोजित बनभोज कार्यक्रममा ४० जना बिद्यार्थीहरुको समुहले जिल्ला कै पर्यटकीय क्षेत्र रुपन्देहीको कुञ्जपार्क अवलोकन तथा भ्रमण सहितको वनभोज कार्यक्रम सम्पन्न गरेको रम्भादेवीका प्रधानाध्याक मनोज काफ़्लेले जानकारी दिनु भएको छ ।
आपसी मित्रता र सद्भाव कायम गर्ने उद्देश्यले सो वनभोज कार्यक्रम आयोजना गरिएको सामान्य चिकित्साकी इंचार्ज बिष्णु भण्डारीले बताउनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend