साझा नेटवर्क
कृष्ण भट्टराई,गुल्मी मंसिर १७ ।
युनाइटेड वर्ल्ड स्कुल नेपाल गुल्मी शाखाको आयोजना तथा पशुपती निम्न माध्यमिक बिद्यालय मुसिकोट नगरपालिका ४ दजाकोट गुल्मीको सहकार्यमा दैनिक पाठयोजना निर्माण सम्बन्धी १ दिने तालिम मुसिकोट ४ दजाकोट गुल्मीमा सम्पन्न भएको छ ।
बिद्यालयमा कार्यरत बालबिकास कक्षा सहित कक्षा १ देखि ८ सम्म अध्यापनरत १४ जना शिक्षक शिक्षिकालाई तालिममा युनाईटेड वर्ल्ड स्कुल नेपाल गुल्मी शिक्षा बिभाग प्रमुख अनुज सिग्देलले पाठयोजना निर्माण सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।शिक्षकको स्पष्ट योजनाबिना गुणस्तरीय शिक्षाको परिकल्पना पनि गर्न नसकिने हुदा पाठयोजना निर्माणलाइ सदैब निरन्तरता दिन र तालिममा सिकेका कुरा दैनिक ब्याबहारमा उतार्न सिग्देलले सहभागीहरुलाइ आग्रह गर्नु भएको थियो ।
प्रशिक्षण कार्यक्रम बिद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकस्कोटिको अध्यक्षता प्रमुख प्रशिक्षक तथा युनाईटेड वर्ल्ड स्कुल नेपाल गुल्मी शिक्षा बिभाग प्रमुख अनुज सिग्देलको प्रमुख आतिथ्यता, युनाईटेड वर्ल्ड स्कुल नेपाल स्कुल मोबिलाइजर मिना बोहोरा सिङ्जाली र फेलो शिक्षक लहना महर्जनको सहजिकरण तथा बिद्यालयका शिक्षक सोम बहादुर पेमि मगरको संचालन मा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend