logo
  • आइतबार, असोज ११ २०८३

पशुपति निमाबिमा अभिभावक भेला सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कृष्ण भट्टराई,गुल्मी मंसिर १७ ।

पशुपती निम्न माध्यामिक बिद्यालय मु न पा ४ दजाकोट गुल्मिको आयोजना तथा युनाइटेड वर्ल्ड स्कुल नेपालको समन्वयमा अभिभावक भेला मुसिकोट ४ दजाकोट गुल्मिमा सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समिती ,शिक्षक अभिभावक संघ ,स्थानीय बुद्धिजीवी ,समाजसेवी सम्मिलित भेलाबाट बिद्यालय क्षेत्रमा रहेका जोखिममा पर्न सक्ने बालबालिका लाई लक्षित गरि बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष बालकृष्ण पुनको अध्यक्षतामा नौ सदस्यीय जोखिम न्यूनीकरण समिती गठन गरिएको छ ।समितिमा बिद्यालय ब्यवस्थापन समिती,अभिभावक ,शिक्षक स्टाफ,र युनाइटेड वर्ल्ड स्कुल नेपाल स्कुल मोबिलाइजर लगायत सदस्यहरु रहनु भएको छ।आजको कार्यक्रम मा बिद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ८ सम्मका बिध्यार्थिलाइ स्कुल ब्याग सहित स्टेशनरी सामग्री बितरण गरिएको थियो । युनाइटेड वर्ल्ड स्कुल नेपालले शैक्षिक सत्र २०७४/७५ देखि बिद्यालयमा भवन निर्माण ,शिक्षक नियुक्ती ,तालिम प्राप्त फेलो शिक्षकको साथै बिध्यार्थी र बिद्यालयलाइ आबस्यक शैक्षिक सामाग्री उपलब्ध गराउदै आएको छ ।

कार्यक्रम बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष बालकृष्ण पुन को अध्यक्षता ,युनाईटेड वर्ल्ड स्कुल नेपाल गुल्मी शिक्षा प्रमुख अनुज सिग्देल को प्रमुख आतिथ्यता ,युनाईटेड वर्ल्ड स्कुल नेपाल गुल्मी मा कार्यरत स्कुल मोबिलाइजर मिना बोहोरा सिङ्जाली र फेलो शिक्षक लहना महर्जनको विशेष आतिथ्यता शिक्षक सोम बहादुर पेमि को सन्चालन प्र.अ.दुर्गा बहादुर राकस्कोटी को स्वागत मन्तव्य तथा शिक्षक कृष्ण भट्टराईको सहजीकरणमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend