साझा नेटवर्क
कपिलवस्तु १६ मंसिर ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी विद्रोहपछि निर्माण भएको पार्टी भएको पार्टीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीे दावी गरेका छन । कपिलवस्तु पार्टीको दोस्रो पूर्ण बैठकमा बोल्दै नेता मेटमणि चौधरीले बाहिर एकीकृत समाजवादी पार्टीको जसरी एमालेबाट फुटेर बनेको पार्टी भन्ने हल्ला र केपी वलीले एमालेवाट चोईटिएको सानो टुक्रा भनेजस्तो नभएर विद्रोह गरेपछि निर्माण पार्टी भएको बताए ।
पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष समेत रहेका नेता चौधरीले कम्युनिस्ट आन्दोलन जोगाउनका लागि विद्रोह गरेर पार्टी निर्माण भएको उनको भनाई रहेको छ । माधव नेपाल लगायत हामीहरुले विद्रोह नगरेको भए नेपालमा कम्युनिस्ट पार्टी नै नरहने अवस्था तयार भएको थियो उनले भने,केपी वलीले दलाल र पुजीवादीहरुसगँ मिलेर कम्युनिस्ट आन्दोलन समाप्तिको खेलमा लागेका थिए । उनले विद्रोह गरेर निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले नेपालमा भएका सबै कम्युनिस्ट पार्टिहरुका बिचमा एकता गरेर ठुलो पार्टी बन्ने आधार तयार भएको बताए ।
अहिले सुर्य चिन्ह पाएको केपी वली कम्पनीले आगामी निर्वाचनमा के एजेन्डा लिएर चुनावमा जान्छ हेर्न वाँकि रहेको उनको भनाई थियो । हिजो बहुमत दिनुस हामी ५ वर्ष नमुना सरकार निर्माण गरेर सुखी नेपाली समृद्ध नेपाल बनाउछौ भनेर मत मागेर बहुमत दिएका नेपालीहरुलाई अबपनि भोट दिनुस ३ वर्षमा संसद विघटन गर्छौं भनेर केपी वली कम्पनी निर्वाचनमा जालान त उनी भन्छन्, त्यसकारण अब केपी कम्पनीले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ १० सिट पनि जित्न सक्दैनन् । कपिलवस्तु जिल्ला बैैठकमा केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र वहादुर खत्री , केन्द्रीय सदस्य मिना परियार केन्द्रीय निर्वाचन आयोगका सदस्य अहमद अब्दुल रउफ,जिल्ला अध्यक्ष लंकबहादुर हमाल लगायत बोलेको पार्टी जिल्ला प्रचार विभाग प्रमुख विकास बन्जाडेले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend