logo
  • आइतबार, असोज ११ २०८३

मतपत्रमा संकेत देखिएर स्थगित भएको गुल्मी काँग्रेसको निर्वाचन भोली हुने


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सन्तोष महतारा,गुल्मी मंसिर ११ ।

मतपत्रमा संकेत देखिएको भन्दै विवाद भएपछि रोकिएको नेपाली काङ्ग्रेस गुल्मीको निर्वाचन भोली ९ बजेदेखि हुने भएको छ । जिल्लाका ११ स्थानीय तहका नेपाली काङ्ग्रेस क्षेत्रीय प्रतिनिधिले मत हालेर सकिएपनि मुसिकोट नगरपालिकाका मतदातले मत हाल्दा विवाद भएपछि मुसिकोट नगरपालिकाको निर्वाचन रोकीएको थियो ।मतपत्रमा क्रम सङ्ख्याको चिन्ह देखिएकोले विवाद बनेपछि मुसिकोट नगरपालिकाले गरेको मतदानलाई स्थगित गरेर भोली ९ बजेदेखि १ बजेसम्म चिदिचौरमा गर्ने निर्णय गरेको मतदान अधिकृत सतिश कुमार झाले जानकारी दिए । नेपाली काङ्ग्रेस जिल्ला सभापति, उपसभापति, सचिव र सह(सचिव सहित सदस्य टुङ्गो लगाउन गुल्मी जिल्लाका १ हजार ७ सय ६६ जना क्षेत्रीय प्रतिनिधि सदरमुकाम तम्घास आएका छन् । क्षेत्र नम्बर १ बाट ९ सय ३९ जना र क्षेत्र नम्बर २ बाट ८ सय २७ जना क्षेत्रीय प्रतिनिधिको रुपमा चुनिएका थिए ।

शनिबार चिदिचौरमा भएको निर्वाचनमा सबैले मतदान गर्ने क्रममा मुसिकोट नगरपालिका मतदानले मतदान गरेको मतपत्रमा संकेत देखिएपछि उक्त नगरको मात्र मतदान स्थगित गरिएको थियो । नेपाली काङ्ग्रेस गुल्मीको सभापति पदमा वर्तमान सचिव खिलध्वज पन्थी र कालीगण्डकी गाउँपालिकाका अध्यक्ष समेत रहेको महासमिति सदस्य बेद थापा मगरको उमेदवारी रहेको छ । त्यस्तै उपसभापतिमा अनन्तराम पौडेल, शिव केसी र झविन्द्र विश्वकर्मा रहेको छन् । त्यस्तै सचिवमा भगतसिंह खड्का, जगदीश भट्टराई, थम्मन बहादुर केसी, पुर्ण केसी र पृथ बहादुर फौजदार रहेका छन् ।

साथै सह(सचिवमा रेशम कुँवर, छवि पाण्डे, धर्मराज पाण्डे र निरोज मरासिनी रहेका छन् । नेपाली काङ्ग्रेस गुल्मीको कोषाध्यक्षमा भने निर्वाचित कार्यसमिति सदस्यबाट सभापतिले एक जना मनोनित गर्ने व्यवस्था रहेको छ । मतपत्रमा संकेत देखिएको भन्दै चिदिचौरमा सामान्य विवाद र झगडा समेत भएको थियो । कैयौं प्रहरी समेत परिचालन गरिएको थियोे । विवाद पछि नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति गुल्मी र उमेदवार बिच छलफल भएर विवाद मिलेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend