logo
  • शुक्रबार, असोज ९ २०८३

काँग्रेस प्यूठानको सभापतिमा गिरि निर्वाचित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

जोगिन्द्र मल्ल,प्युठान मंसिर ११ ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन बाट प्युठान जिल्ला सभापतिमा जिल्ला सचिव तथा गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरि जिल्ला सभापतिमा निर्वाचित भएका छन । गिरि सभापतिका उम्मेदवार शिबराज रिजाललाई ७२ मतको अन्तरले पछाडि पार्दै विजयी भएका हुन । कुल ११०९ मत मध्ये १०६९ मत खसेको थियोे । भने ९मत बदर भएको र बिष्णु कुमार गिरिले ५६६ मत लिइ विजयी भएका हुन भने प्रतिस्पर्धी शिवराज रिजालले ४९४ मत लिएका थिए ।

को हुन बिष्णु कुमार गिरि ?

उमेरले ४० बर्ष ननाघेका सालिन ,लोकप्रिय युवा ब्यक्तित्व गौमुखी पुजामा जन्मिएका गिरि गौमुखी मा बि ठुलाबेशी बाट राजनीतिक थालनीगरेका हुन । उनी २०५५ सालमा रेडक्रस इकाई सभापति हुँदै २०५५ मा ने बि संघ सदस्य २०५७ मा स्वबियु सदस्य,२०६१ मा ने बि संघ जिल्ला उपाध्यक्ष ,२०६२ मा स्वबियु उपसभापति ,उपाध्यक्ष ,२०६४मा ने बि संघ जिल्ला अध्यक्ष ,२०६७मा क्षेत्रीय सभापति ,२०७२ मा महासमिति सदस्य ,२०७३मा पाटीको जिल्ला सचिव ,२०७४ मा गौमुखी गाउँपालिका अध्यक्ष र २०७५ मा गाउँपालिका राष्ट्रिय महासंघको लुम्बिनी प्रदेश सचीव हुँदै२०७८ को नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन बाट प्युठान जिल्ला सभापतिमा निर्बाचित हुनु भएको हो ।

नेपाली काङ्ग्रेसको प्युठानको क्षेत्र (क) बाट क्षेत्रीय सभापति टेक प्रसाद भण्डारी सहित कार्यसमिति र क्षेत्रीय प्रतिनिधि तथा क्षेत्र (ख) बाट क्षेत्रीय सभापति सरोज थापा (रोज राणा) सहित कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्बाचित भएका छन । त्यसैगरि सभापति सहित २६ जना केन्द्रिय महाधिवेशन प्रतिनिधि निर्बाचित भएका हुन।जस्मा सभापति बिष्णु कुमार गिरि ,डा.गोबिन्दराज पोख्रेल ,निमा गिरि भगवती बिष्ट ,निशा योगि,मेनका घिमिरे ,मुक्ती प्रसाद शर्मा ,दिवाकर गौतम ,सुबास के सि,अमर प्रसाद भण्डारी ,धर्म जि सि ,बद्री लम्साल ,मान बहादुर वलि,खिमानसिङ रायमाझी ,हुकुम बहादुर बिष्ट ,सावित्री अधिकारी ,साधना राहुत,शालिकराम पण्डित,धनलक्ष्मी श्रेष्ठ ,लक्ष्मी श्रेष्ठ ,सनत श्रेष्ठ ,बिन्दु परिवार,गोपाल बि क, मो हमिद शाह,पुर्ण कालाथोकी लगायतका रहेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend