logo
  • शुक्रबार, असोज ९ २०८३

काँग्रेसमा नयाँ नेतृत्वको आवश्यकता : डा. भण्डारी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हुमाकान्त पोखरेल,गुल्मी मंसिर १० ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर चन्द्र भण्डारीले काँग्रेसमा नयाँ नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ । पार्टीको १४ औँ गुल्मी जिल्ला अधिवेशनलाई सदरमुकाम तम्घासमा सम्बोधन गर्दै नेता भण्डारीले आफुहरुले मध्यमार्गी बाटो अपनाएर नयाँ नेतृत्व चयन गर्ने बताउनुभएको हो ।काँग्रेसले पार्टीमा योगदान गरेका सबैलाई सम्मान गर्दै नयाँ नेतृत्व चयन गरेमा सबैको हीत हुनेमा उहाँले जोड दिनुभयो । नारायणी नदिमा एमालेले तडकफडक गरेर फेन्सी पसलजस्तो भएकोले काँग्रेसले त्यसो गर्न नहुने भण्डारीको भनाई छ । नेपाली राजनीतिमा एमालेले धेरै विकृती ल्याएकोले त्यसलाई न्यूनिकरण गर्न काँग्रेसले भूमिका खेल्नुपर्नेमा भण्डारीले जोड दिनुभयो । अहिले देशका कुरा उठाउने ठाउँ संसद एमालेले बन्द गरेको तथा जनताका कुरा उठाउने अदालत पनि लगभग बन्द जस्तै रहेको अवस्थामा त्यसको उचित निकास निकाल्नुपर्ने पनि नेता भण्डारीले बताउनुभयो ।

काँग्रेसको खुल्ला सत्रपछि लगत्तै बन्द सत्र सुरु हुनेछ । नयाँ नेतृत्वका लागि हुने अधिवेशनमा सभापतिका दुईजना उम्मेद्धार छन् । प्रधानमन्त्री देउला लाइनबाट कालिगण्डकी गाउँपालिकाका अध्यक्ष समेत रहेका बेद बहादुर थापा मगर सभापतिका उम्मेद्धार हुनुहुन्छ भने पौडेल लाइनबाट पार्टी सचिव खिलध्वज पन्थी उम्मेद्धार हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend