logo
  • शुक्रबार, असोज ९ २०८३

चुनाव चिन्हले पहिलो बन्ने केपिको सपना सपनामै सिमित हुन्छः नेता चौधरी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

वर्दिया ९, मंसिर ।
नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले चुनाव चिन्हले पहिलो पाटी बन्ने केपीको सपना सपनामै सिमित हुने बताएका छन । विहिवार वर्दिया जिल्ला पाटीको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेता मेटमणि चौधरीले सुर्य चिन्हले निर्वाचनमा पहिलो पाटी वन्ने केपि वलीको सपना सपना मात्रै हुने दावी गरेका हुन ।

चिन्हले पहिलो पाटी वन्ने भए नेपाली काङ्ग्रेस सधै पहिलो पाटी हुनुपर्ने हो उनले भने”किन कहिले काङ्ग्रेस, कहिले कम्युनिस्ट पाटीहरु पहिलो भए,के निर्वाचनमा चिन्हको कारण होत ?” उनका अनुसार केपि वली पाटीका २० प्रतिशत नेता कार्यकर्ताहरु मसिंर १२ गतेपछि एकीकृत समाजवादी पाटीमा प्रवेश गर्ने वताए । हिजोको एमाले अहिले एमाले नभएर केपी वलीको कम्पनी पाटी भएकाले महाधिवेशनमा आफ्नो गुनगान गाउने र केपी वा आई लभ यु भन्नेहरु मात्रै निर्वाचित हुने वताए ।

 

केपीका पछाडि लागेका १० भाईहरुले उम्मेदवारी घोषणा गरेपनि मनोनयन दर्ता गर्न नपाउने अवस्था समेत सिर्जना हुने देखिएको उनको भनाइ रहेको छ । उनले केपी पाटी अहिले जिउदो माछावाट सुकेर सिद्रामा परिणत हुदै गएको दावी गरे । एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका नेता चौधरीले हिजो नेकपा एमाले तथा केपी शर्मा ओलीमा राजनीतिक विचलन आएको र व्यक्तिवादी प्रवृत्ति हावी भएकाले आफूहरुले विद्रोह गरी कम्युनिष्ट आन्दोलनलाई बचाउन नयाँ पार्टी बनाएको जिकिर गरे ।

प्रतिनिधि सभा सदस्य समेत रहेका चौधरीले भुमिको समस्या समाधानका लागि सरकार गम्भीर भएर लागेको वताए । करिव १३ हजार घर परिवारहरु अहिले अव्यवस्थित वसोवासमा रहेका छन उनले भनेञ यी परिवारलाई व्यवस्थित वसोवास गराउने काममा सरकार जुटेको छ ।झ मेटमणि चौधरीले विहिवार विहान वर्दियाको चौधरीपुरका ४० भन्दावढी घरपरिवारलाई एकीकृत समाजवादी पार्टीमा स्वागत गर्दै पार्टी सदस्यता समेत वितरण समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend