साझा नेटवर्क
ज्ञानेश्वर उपाध्याय, भैरहवा मंसिर ७ ।
बुद्ध जन्मस्थल र शान्तिको केन्द्र रहेको लुम्बिनीमा हरितक्रान्ती गर्न र अन्तर्राष्ट्रिय पर्यावरण योद्धाहरुको सम्मान गर्ने उद्देश्य सहित भारत र अन्य देशका पर्यावरण अभियन्ता लुम्बिनीमा आउँदै छन् ।
निम,तुलसी र पिपलको बृक्षारोपण र अन्तर्राष्ट्रिय पर्यावरण योद्धा सम्मान २०२१ कार्यक्रम गर्ने उद्देश्यले भारतको निम,तुलसी,पिपल अभियानका संचालक डां धर्मेन्द्र पटेल सहित लगभग ६०/७० जना पर्यावरण अभियन्ता लुम्बिनीमा आउने भनी आयोजकले बताएको छ।
सो कार्यक्रममा लुम्बिनी प्रदेशको आर्थिक ममला तथा सहकारी बिकास मन्त्री सुश्मा यादव को प्रमुख आथित्यता तथा लुम्बिनी सांस्कृतिक नगर प्रमुख मनमोहन चौधरी,लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठि,पशुपति कोइराला, बंगलादेशका मोहम्मद अकरमुल चौधरी लगायत विभिन्न ब्यक्तित्वको बिशिस्ट आथित्यता रहेको कार्यक्रम मंसिर ११ र १२ गते सम्पन्न हुने भनी सो कार्यक्रमको सहसंयोजक उमेश यादबले बताएका हुन।
उक्त दुइदिने कार्यक्रममा भारत र नेपालका विभिन्न समाजसेवी तथा पर्यावरण योद्धाहरुको सम्मान गर्ने र बिचार गोष्ठी गरि आउनेदिनहरुमा निम,तुलसी,पिपल अभियानलाई गति प्रदान गर्ने उद्देश्य रहेको भनी कार्यक्रम संयोजक मन्टु कुमारले बताएका हुन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend