logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीको कालीगण्डकीमा खन्युको रुखमा बेवारिसे शब फेला


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री,गुल्मी मंसिर ५ ।

गुल्मी जिल्लाको कालीगण्डकीमा खन्युको रुखमा अड्किएको अबस्थामा बेवारिसे शव फेला परेको छ । जिल्ला कालीगण्डकी गाउँपालिका वडानम्बर–२ अर्बेनी स्थत कालीगण्डकी नदी पश्चिम तर्फ रहेको खन्युको रुखमा अड्किएको अबस्थामा बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताउनु भयो ।

फेला परेको शव शरिरको कम्मरमा सेतो कछाड बेरेको नग्न अबस्थामा सम्पुर्ण शरिरको भाग सडिगलेको अबस्थामा रहेको प्रहरीले जनाएको छ । खन्युको रुखमा अड्किएको अबस्थामा नाम थर वतन र लिङ्ग समेत नखुलेको वेवारिसे शवलाई पहिचाहनको लागि सबै तिर हुलिया पठाइएको भट्टराईले बताउनु भयो । शवको लाश जाँच मुचुल्का समेतको कार्य सम्पन्न भए पनिे हाल सम्म सनाखत हुन नसकी बेवारीसे रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend