साझा नेटवर्क
नवराज घिमिरे, काठमाडौँ मङ्सिर ७।
पछिल्लो समय टिकटकमा दर्शकले अत्यधिक रुचाइएका यी सब्दहरु “ढोल बजायो ” गीतमा रहेका छन्। यतिबेला श्रोता दर्शकले अत्यन्तै मन पराएका छन् समिक्षा अधिकारी र बिस्वास नेपालको स्वरमा रहेको गीत को लय बिष्णु भट्टराईले तयार परेका छन् भने हिरा बस्नेतको सब्द रहेको छ।
आज भोलिको माया प्रीतीमा देखिएका बिकृति विसंगतिलाइ मध्ये नजर गर्दै तयार गरिएको गीतले छोटो समयमा दर्शकको मन जित्न सफल भएको छ। गीतको भिडियो बिष्णु भट्टराईले निर्देशन छायांकन सम्पादन गरेका छन् भने भिडियोमा सहिर केसी, देवु पाण्डे, बिनिता रोका, एलिका सुबेदी , हिरा बस्नेत, प्रकाश आचार्य लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।
बिक्की परियारको कोरियोग्राफी रहेको भिडियोमा सगुन शर्मा र मुना बिस्टले श्रीन्गार गरेका छन्। नवराज घिमिरेको अफिसियल युट्युब च्यानल देखि सार्बजनिक भएको गीतले छोटो समयमा दर्शको माया पाएको छ, अविरल फिल्म्सले बजार ब्यबस्थापन तथा निर्माण गरेको गीत छोटो सयमयामै टिकटक मा एकाएक भाइरल भएको छ।
भिडियो हेर्नुहोस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend