logo
  • आइतबार, असोज ११ २०८३

शिक्षक संगठन छत्रकोट गाउँपालिकाको अध्यक्षमा न्यौपाने निर्वाचित


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री गुल्मी मंसिर ४ ।

नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन छत्रकोट गाउँपालिकाको अध्यक्ष बिनोद न्यौपाने चयन भएका छन् । संगठनको शनिवार सम्पन्न दोस्रो अधिबेशनबाट न्यौपानेको अध्यक्षतामा सर्बसम्मत १७ सदस्यीय कमिटी चयन गरेको हो ।समितिको उपाध्यक्षमा रामचन्द्र बिक र इन्दिरा कंडेल पन्थ, सचिवमा बिष्णुप्रसाद भण्डारी, सह–सचिवमा लक्ष्मी न्यौपाने, कोषाध्यक्षमा बिष्णु उपाध्यय, सहकोषाध्यक्षमा कमला ज्ञवाली रहेका छन् । अधिबेशनमा छत्रकोट गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारी, नेकपा एमाले छत्रकोट गाउँकमिटी अध्यक्ष पिताम्बर अर्याल, सचिव यज्ञ पाण्डे, शिक्षक संगठनका जिल्ला सचिव भूवन टण्डन, पूर्व अध्यक्ष होमनाथ कंडेल लगायतले नव निर्वाचित कमिटीलाई सफलताको शुभकामना दिएका थिए ।

नवनिर्वाचित अध्यक्षले पालिका भित्रका शिक्षकका हकहितको निम्ति काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend