logo
  • आइतबार, असोज ११ २०८३

धुर्कोटको घुम्ती शिविर : नागरिकलाई घरदैलोमै सेवा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल,गुल्मी कार्तिक ३० ।

कार्तिक धुर्कोट गाउँपालिकाले नागरिकलाई घरदैलोमै सेवा दिने उदेश्यले घुम्ती शिविर संचालन गरेको छ । मंगलबार धुर्कोट गाउँपालिका वडा नं. १ नयागाउँ स्थित नयागाउँ स्वास्थ्य चौकीको प्रांगणमा एकिकृत घुम्ती शिविर संचालन गरिएको थियो । शिविरमा गाउँपालिका अन्तरगतका विभिन्न शाखाबाट प्रदान गरिने स्वास्थ्य, कृषि, पशु, जेष्ठ नागरीक, अपांग लगायत बैकिङ्ग सेवा समेत उपलब्ध गराइएको थियो ।२ सय १० जनालाई निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिएको छ। जसमा ६० जनाले भिडियो एक्सरे सेवा लिएका छन । त्यस्तै पशु शेवा अन्तर्गत २ सय २ परिवारका १ हजार ८९ बाख्रा र ६७ भैसीलाई औषधी वितरण, ७० बाख्रा र ३५ गाई भैसीको गोवर परिक्षण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कासिराम पन्थीले जानकारी दिए । त्यस्तै कृषि, पशु फर्म र पसल नविकरण ९ र ५ वटा नयाँ दर्ता समेत गरिएको छ। शिविरमा १ सय ५८ जना जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको पन्थीले बताए । बैकिड्ड सेवा अन्तर्गत सनराईज बैँक धुर्कोट शाखाले दिएको सेवामा २३ जनाले नयाँ खाता खोलेका छन ।

शिविरमा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थी, वडा नं. १ का वडा अध्यक्ष कमल थापा, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लागायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । गाउँपालिका अध्यक्ष पोख्रेलले अवस्था र भूगोल हेरेर आवश्यक स्थानमा शिबिर संचालन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend