साझा नेटवर्क
????????????????????????????????????
हुमाकान्त पोखरेल,गुल्मी कार्तिक ३० ।
धुर्कोट गाउँपालिका –१ नयाँगाउँका बुद्धिराम पोखरेल २२ बर्षअघि भारतमा दुर्घटनामा परे । दुर्घटनामा परी उनको ढाड भाँचियो । अहिले दुवै खुट्टा चल्दैनन् । अहिले उनलाई जाँच गराउन प्रत्येक तीन महिनामा एक पटक पाल्पा जानुपर्छ । यहि समयमा धुर्कोट गाउँपालिकाले स्वास्थ्य सेवासहितको एकीकृत घुम्ती शिविर संचालन ग¥यो । सोही शिविरअन्तरगत उनले तम्घासबाट गएका स्वास्थ्यकर्मीसँग खुट्टाको जाँच गराए । त्यसले गर्दा उनलाई पाल्पा जाने÷आउने समय र खर्चको बचत भएको छ । ‘जाँच गराउन पाल्पा जाँदा÷आउँदा धेरै खर्चिलो हुन्थ्यो ।’ उनले भने, ‘घरदैलोमै गाउँपालिकाले शिविर संचालन गर्दा फाइदा पुगेको छ ।’ उनले एक महिनाको लागि निःशुल्क औषधी पाएका छन् ।

अघाँखाँचीको खनदह निवासी ६५ बर्षिय रमादेवी खनालले पनि स्वास्थ्य शिविरबाट दम, प्रेसर, ग्यास्टिक लगायतको औषधी पाइन् । रेडियोमा सुचना बजेर स्वास्थ्य शिविरबारे थाहा पाएकी उनले शिविरले आफुजस्ता धेरैलाई फाइदा पुगेको बताइन् । ‘तम्घासमा पाइने सेवा यही (नयाँगाउँ) पाइएको छ ।’ उनले भनिन, ‘समय र खर्चको बचत भएको छ ।’ बुद्धि र रमादेवीले मात्र होइन, नयाँगाउँकी हिरा कुमारी घर्तीले पनि एकीकृत घुम्ती शिविरबाट सेवा लिइन् । सेवामा उनले गोरुको लागि औषधी लगिन् । ‘गोबर परीक्षणदेखि औषधीसम्म पाइदो रहेछ ।’ उनले भनिन्, ‘पालिकाको कार्यालयबाट दिने सेवा नै वडाबाट पाउँदा स्थानीय सरकार घरमै आएजस्तो लाग्यो ।’
गाउँपालिकादेखि भुगोलको हिसाबले टाढा रहेका नागरिकहरुको लागि लक्षित गर्दै धुर्कोट गाउँपालिकाले सोमबार वडा नम्बर १ नयाँगाउँमा एकीकृत घुम्ती सेवाको संचालन ग¥यो । शिविरबाट पशुको लागि गोबर परीक्षण र औषधी वितरण, राजस्व बुझ्ने, व्यवसायीको लागि फर्म दर्ता र नविकरण सेवा प्रदान गरिएको थियो । ज्येष्ठ नागरिकको लागि परिचय पत्र वितरण, अपाङ्ग परिचय पत्र वितरण, सनराइज बैंकमा खाता खोल्ने सेवा नयाँगाउँमा प्रदान गरेको छ । त्यस्तै तम्घासको शुभलक्ष्मी फर्मासँगको सहकार्यमा भिडियो एक्सरेसहितको स्वास्थ्य सेवा पनि संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काँशिराम पन्थीले जानकारी दिए ।

नागरिकलाई सहज सेवाका लागि गाउँपालिकाले घुम्ती सेवाको संचालन गरेको हो । केही समयपछि यो सेवा वडा नम्बर २ पिपलधारा, वडा नम्बर ३ हाडहाडे र वडा नम्बर ७ वाग्लामा पनि संचालन गर्ने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । ‘संघीयताको सफल कार्यान्वयन अन्तरगत टाढा रहेका ठाउँमा सेवा प्रदान गर्ने उदेश्य हो ।’ उनले भने, ‘यसबाट नागरिकलाई धेरै सहज भएको छ ।’
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend