logo
  • शुक्रबार, असोज ९ २०८३

युथ युनिटी वेल्फेयर एसोसियसन कपिलवस्तुले शनिबार साँस्कृतिक देउसी भैलो कार्यक्रम गर्ने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सृजना आचार्य,कपिलवस्तु कार्तिक २७ ।

कपिलवस्तु कला संस्कृति र राष्ट्रियताको सम्मान, समृद्द समाज निर्माण हाम्रो अभियान भन्ने नाराका साथ युथ युनिटी वेल्फेयर एसोसियसन कपिलवस्तुले शनिबार साँस्कृतिक देउसी भैलो कार्यक्रम २०७८ गर्ने भएको छ ।सार्वजनिक बिध्यालयमा सेनेटरी प्याड मेसिन वितरण तथा दुर्घटना न्युनिकरणका लागि जेबा्रक्रस निर्माण गर्ने उदेश्यका साथ उक्त साँस्कृतिक देउसी भैलो कार्यक्रमको आयोजना गरिएको एसोसियनका अध्यक्ष सागर बन्जाडेले बताए । कार्यक्रम शनिबार साँझ ६ कपिलवस्तुको ४ नंबर जितपुर चोकमा हुने बताईएको छ । कार्यक्रमलाई संगितमय एवम् रोमान्चक बनाउनका लागी लोक तथा दोहोरी गायक पुर्ण चन्द्र परियार, बिमल गैरै, लोक दोहोरी गायिका बर्षा लम्साल लगाएत कपिलवस्तु डान्स आईडलका बिजेता अजय थारु र निशा खनालको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

उक्त साँस्कृतिक कार्यक्रममा सहभागी भई कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गराउनका लागी सम्पुर्ण दर्शकहरुलाई आयोजक युथ युनिटी वेल्फेयर एसोसियसनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend