logo
  • शुक्रबार, असोज ९ २०८३

गजल – सृष्टि सावित्रा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गजल – सृष्टि सावित्रा

जीवनमा यस्तो तारिफ योग्य,काम गर्न पाइयोस् ।
हत्या हिंसा बलात्कार, रोकथाम गर्न पाइयोस् ।

मालिक धनीपुर्जा फिर्ता दिनुस् बा,को पसिना हो ।
कमसेकम गरीबले पसिनाको दाम गर्न पाइयोस् ।

आफ्नै मान्छे रहेछन् मेरो ,प्रगतिमा जल्ने पनि ।
म चाहन्छु जल्नेलाई उल्टै इनाम गर्न पाइयोस् ।

यसकारण म फरक देखिन्छु यो, दुनियाँ भन्दा ।
सोच्छु दुश्मनको प्रगतिमा,धुमधाम गर्न पाइयोस् ।

ए! मलामीहरु हो,मलाई आराम कहिल्यै मिलेन ।
घाटमा पुर्याएपछि एकछिन,आराम गर्न पाइयोस् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend