logo
  • आइतबार, असोज ११ २०८३

छ्ठ पुजाको अवसरमा निशुल्क चियापान बितरण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

ज्ञानेश्वर उपाध्याय, रुपन्देही कार्तिक २५।
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको कोटहीमाई गाउपालिका वडा नं ७ परसहवामा युवासमाजसेवी यादव द्वारा निशुल्क चियापान बितरण कार्य सम्पन्न भएको छ ।

छठ पुजाको अवसरमा स्थानिय निवासी समाजसेवी दिलिप कुमार यादवले छठ पुजा स्थलमा पाल्नुहुने श्रद्धालुजनहरुका लागि चियापान बितरण गर्नुभएको हो । बिगत चार बर्ष देखि कोटहीमाई वडा नं ७ परसहवामा छ्ठ पुजा समिती गठन गरि सो समितीको नेतृत्वमा छ्ठ पुजा कार्यक्रम गरिदै आएको र उक्त कार्यक्रममा विभिन्न समाजसेवी तथा नेताकार्यकर्ताहरुको सहयोगले निरन्तरता दिइएको भनी समितीले जनाएको छ ।

उक्त कार्यक्रममा लगभग ३००० भन्दा बढी श्रद्धालुजनहरुलाई निशुल्क चियापान सेवा दिइएको साथै यसै वडाको अरु पुजा स्थलमा पनि स्वेच्छिक दान दिएको भनी कोटहीमाई गाउपालिका वडा नं ७ का भावी वडा अध्यक्ष पदको उम्मेदवार समेत रहेका दिलिप कुमार यादवले बताउनु भएको छ ।

यसैगरी उक्त छठपुजाको अवसरमा समाजसेवी तथा जनमत पार्टीका नेता संजय बनियाद्वारा पनि निशुल्क चियापान बितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend