logo
  • आइतबार, असोज ११ २०८३

लुम्बिनी प्रदेश समन्वय परिषद कतारले गर्‍यो सदस्य धर्मसिंहलाई बिदाई


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क, कतार।
लुम्बिनी प्रदेश समन्वय परिषद कतारले कार्यसमिति सदस्य धर्म सिंह बिस्वकर्मालाई बिदाई गरेको छ।
२९ अक्टोबर २०२१ का दिन सनैया स्थित संस्थाका अध्यक्ष बुद्ध पाण्डेको सभापतित्वमा अर्घाखाँची सेवा समाजका अध्यक्ष टेकराज थापा ,गुल्मी सेवा समाजका सचीव सुरेश बोहरा प्युठान सेवा समाज कतारका का. वा अध्यक्ष वसन्त बि.क, रोल्पा जलजला सेवा समाज एवं लुम्बिनी प्रदेश समन्वय परिषदका सह कोषाध्यक्ष देव पुन का.वा महासचिव वसन्त राज पुरी लगायतको उपस्थिति रहेको थियो।

बिदाई कार्यक्रममा रोल्पा जलजला सेवा समाज कतारका अध्यक्ष देव पुन, गुल्मी सेवा समाज कतारका सचीव सुरेश बोहरा, अर्घाखाँची सेवा समाज कतारका अध्यक्ष टेक राज थापाले सफल यात्राको शुभकामना संगै आगामीमा तय गरिएका उदेश्यहरु सफलताको शुभकामना  दिएका थिए। अध्यक्ष बुद्ध पाण्डे खादा ओढाएर प्रमाणपत्र द्वारा बिदाई गर्नु भएको थियो ।

सामाजिक संघ संस्थामा काम गर्दै गर्दा एकै परिवार सदस्य भएर काम गर्दै जादा आज हामी बिचको आपसी भाइचारा प्रगाढ रहेको यसलाई निरन्तर दिनको लागि क्रमिक रूपमा साथीहरू नेपाल फर्की सक्नु भएको केही साथीहरू नेपालमा रहनुभएको ले यो हाम्रो आत्मीयता भाइचारालाई निरन्तर कायम राख्न नेपालमा समन्वय समिति गठन गर्नु पर्ने बताए। यहाँले कतारमा प्राप्त गर्नुभएको सिपलाई स्वदेशमा गएर योजनाबद्ध उदाहरणीय काम गर्नुहुने छ शुभेच्छा प्रकट गर्दै समाजले सधै स्मरण गर्ने बताउदै सफल यात्राको कामना गरे ।

बिस्वकर्माले लामो समय प्रवासमा रहेर आफुले काम गरेको अनुभवलाई स्वदेशमै फर्केर निरंतरता दिने योजना बनाएर नेपाल फर्किन लागेको बताउदै साथीहरूलाई बिस्तारै योजना बनाएर स्वदेशमै केही गर्नुपर्ने सुझाव दिए। उनि भोलि बिहानको नेपाल एयरलाइन्सबाट कतारको बसाईंलाई अन्तै गर्दै नेपाल फर्कदैछन। कार्यक्रमको सहजीकरण टेकराज थापाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend