साझा नेटवर्क
किरण अधिकारी, गुल्मी कार्तिक २३।
नेपाल सरकारले जेष्ठ नागरिक एकल महिना र शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै गर्दा किन एकल पुरुषलाई भत्ता दिने कानुनलाई राष्ट्रव्यापी बनाउन सकिराखेको छैन।
तर प्रत्येक नेताहरूको भाषणमा पार्टीका दस्तावेज र घोषणा पत्र देखि संबिधानले पनि पारित गरेको छ। महिला पुरुष सबै बराबरी एक रथका दुई पाङ्ग्रा हुन भने जस्ता कुरा व्यापक रूपमा जताततै सुन्न पाइन्छ। तर किन एकल महिलाले भत्ता पाउदा एक पुरूष लाई किन दिईदैन के एकल अविवाहित पुरुष लाई उपेक्षामा पार्न खोजिएको हो यो गम्भीर प्रश्न सरोकारवाला तिर तेर्सिएको अवस्था छ।
हाम्रो समाजमा एकल पुरुषहरुको संख्या प्राप्त छ भने त्यो सख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो बिचमा पनि कसैको आर्थिक अवस्था राम्रो होला तर कोही एकदमै दयानिय भएको देख्नमा पाईन्छ। जिवनको उर्जाशील उमेर गयो धेरै मिहिनेत गरेर खानलाई न ज्यान ले साथ दिन्छ न दिमागले साथ दिन्छ साथमा कोही पनि छैनन् बाँच्न को लागि साहारा छैन बृदाभत्ता पाउने अझै उमेर पुगेको पनि छैन के गर्ने जिन्दगी नै पुरा बोझ भएर बेथित गर्न बाध्य छन कोही, कमसेकम सरकारले एकल पुरुष लाई पनि भत्ता को व्यवस्था गरिदिएको खण्डमा बिहान बेलुका घरको चुलो सजिलै बाल्न सक्ने थिए तर त्यो आजसम्म पनि हुन सकिराखेको छैन अवस्था धेरै ठाउँहरूमा।
नेपाल सरकारले बृदाभत्ता को लागि निधार्णरण गरेको उमेर ७० वर्ष हो तर धेरै जसो पुरूष त्यो उमेर समुहमा पुग्न नपाउँदै धेरै पुरूष पनि लगभग एकल जस्तै बन्न पुगेका हुन्छन्। कसैको कोही नभएर एकल हुन्छन भने कसैको परिवारका सबै सदस्य हुँदा हुँदै पनि एकल बन्न पुगेका हुन्छन्। जब उमेरले नेटो काट्दै जान्छ हरेक किसिमका समस्या हरू नजिकिँदै जान्छन्। रोग भोक र सोक सबैले पक्ष्याई राखेको हुन्छ तब कसैको साहारा को आवश्यकता हुन्छ ति आवश्यक पुरा गरिदिने कोही हुदैन एकल त्यसैमाथि सबै कुरा बोझिलो लाग्दै जान्छ। एकल महिलाका त केही आवश्यकता त सरकारले पुरा गरिदिएको छ तर पुरूष हरू यसबाट अछूतो मा छन। जस्को वृदा भत्ता पाउने उमेरमा पुगेको छैन।
धेरै समस्याहरुको सुरूवात ५०, ६० वर्ष को दौरानमा आउँछ अनि सरकारी नियम छ ७० वर्ष पुग्नु पर्ने यो नियम लाई खारेज गर्नु पर्ने समय आएको छ जो पुरूष एकल छ उसलाई महिला लाई जस्तै सामाजिक सुरक्षा भत्ता को व्यवस्था यथाशीघ्र गर्नु आवश्यक हो। नत्र अब यो पनि भन्ने बेला आएको छ सरकारले ले एकल पुरुष हरु माथि दमन गरिरहेको छ। हैन भने किन महिला र पुरुष लाई अधिकार बराबरी दिने ऐन कानुन बनाईएको छैन यदि यसो गर्न सकिदैन भने महिला पुरुष लाई लागि छुट्टाछुट्टै कानुन व्यवस्था गरियोस् सरकार हैन भने एकल पुरुष लाई पनि एकल महिला लाई जस्तै बराबरी हक र अधिकार राज्यले प्रदान गर्नुपर्दछ।
केही यस्ता एकल पुरुष हरू छन जस्को ४०/ देखि ५० वर्ष उमेर मै श्रिमती को मृत्यु हुन पुग्यो श्रिमती को मृत्यु पश्चात बाँकी जिवन एक्लै बिताइरहेका केही व्यक्ति हरूको विवरण म संग छ। गुल्मी जिल्ला इस्मा गाउँपालिका वडा नं ३ रामकोट निवासी तारा पति अधिकारी जस्ले ४५ वर्ष को उमेर मै श्रिमती लाई गुमाए र एकल पुरुष बन्न पुगे अहिले उनको उमेर करिब ६५ वर्ष को हाराहारीमा पुगेको छ भने उनि संग आम्दानी को श्रोत केही पनि छैन नत उमेरमा प्राप्त सम्पत्ति जोड्न सके करिब २० औ वर्ष एक्लै जिन्दगी कटाए तर पनि जिन्दगीमा उज्यालो किरण बनेर कहिले आएन जुन परिश्रम उनी २० वर्ष पहिला गर्न सक्थे त्यो अहिले उनी गर्न सक्दैनन् उनीसंग आम्दानी श्रोत केही नहुँदा आर्थिक समस्या ले यो बुढेसकालमा सताउदै लगेको छ।
उनको एक छोरा त छन तर श्रिमती भएजस्तो साथ सपोर्ट र माया हुँदोरहेनछ उनी भन्छन् । जिवन संगिनी लाई दुई दशक भन्दा पनि पहिला नै विदाई गरेका उनी एक्लै एक्लै भैतारिरहन्छन । अब यस्तो पुरुष लाई किन नेपाल सरकारले भत्ता दिने कि नदिने यी त एउटा प्रतिनिधि पात्र मात्र हुन यस्ता एकल पुरुष हाम्रो गाउँमा मात्र आधा दर्जन जति को संख्या मा छन। यदि नेपाल सरकारले राष्ट्र व्यापी रुपमा कानुन नबनाएपनी केही स्थानीय सरकारहरूले एकल पुरुषहरुलाई भत्ता दिने व्यवस्था गरेका छन् । महिले केही समय पहिला इस्मा गाउँपालिका उपाध्यक्ष बिमला खत्री संग यो विषयमा कुरा गरेको थिएँ।
उनको भनाई अनुसार यो मुद्दामा सम्रग इस्मा गाउँपालिका सकरात्मक रहेको उनले बताइन् अहिले आफ्नो कार्यकाल सकिने क्रममा हुदै गर्दा तत्कालै यो व्यवस्था लागू गर्न अल्ली असमर्थ भएको तर आगामी निर्वाचन पछि बन्ने सरकार को लागि यो कानुन लागु गरी यसै कानुन लाई टेकेर काम गर्न गरी गृहकार्य गरिरहेको उनले बताइन्। हाम्रो समाजलाई परिवर्तन गर्ने मुल आधार भनेकै राजनीति हो तर असल राजनीतिज्ञ देश र जनताले आजसम्म नपाउँदा हामी अहिलेसम्म पनि यथास्थितिवादी हुन पुगेका छौ त्यसैले अब राजनीतिक नेतृत्व चयन यस्तो गर्यो जस्ले हरेक चुनौती हरूलाई व्यवस्थापन गरेर आम नागरिकका समस्यालाई केन्द्रमा राखेर काम गर्न भिजन भएको नेतृत्व चयन गरौं र गर्ने पर्ने समय आएको छ यस्को अर्को बिकल्प छैन।
जस्ले नयाँ ढंगबाट हाम्रो समाज लाई अगाडी बढाउने सामर्थ्य राख्न सक्दछ उसैलाई अगाडी बढाउने चेष्टा गरौ अब त केही नयाँ गर्नेलाई रोज्यो जस्ले के महिला के पुरुष के बृद्ध के असाह्य के बालबालिका के धनी के गरिब के बौद्धिक वर्ग के निरक्षर बर्ग सबै-सबैलाई मिलाएर अगाडि बढाओस जस्को कारण देश मा आमुल परिवर्तन ल्याउन सकोस त्यसकोलागी पहिला तपाई हामी सच्चिन आवश्यक छ।
अनि नेतृत्व मा पुग्ने हरूलाई सच्चाउनु पर्दछ। देश र जनताको सर्भागिण विकास गर्नमा सबै को भुमिका उत्तिकै रहोस् जस्को कारण आम सर्वसाधारण र दबिएर रहेका गरिब उत्पिडनमा परेका हरेक तह तब्बका नागरिकहरुको जिवनस्तर सुधार्न सकियोस्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend